Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

माछापुच्छ्रे बैंकद्वारा अन्नपूर्ण आधार शिविरमा वित्तीय साक्षरता कार्यक्रम

मेरो आर्थिक
मेरो आर्थिक
पौष २१ गते २०८०
माछापुच्छ्रे बैंकद्वारा अन्नपूर्ण आधार शिविरमा वित्तीय साक्षरता कार्यक्रम

माछापुच्छ्रे बैंक लिमिटेडले अन्नपूर्ण आधार शिविरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

स्थानीय सेञ्चुरी युवा क्लबसँगको सहकार्यमा आधार शिविरमा रहेका व्यवसायी तथा स्थानीय व्यापारी तथा पर्यटकलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको हो ।

होटल व्यवसायी तथा स्थानीयहरु बीच अन्तरक्रिया कार्यक्रम समेत सञ्चालन गरी नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज मानिने क्यूआर, पीओएस, एनएफसी सेवाको महत्वबारे समेत अवगत गराइएको बैंकले जनाएको छ ।

कार्यक्रममा वित्तीय ज्ञान र डिजिटल सेवाका फाइदा तथा जोखिम साथै जोखिम न्यूनीकरणका उपायहरुको बारेमा सहभागीहरुलाई जानकारी प्रदान गरिएको थियो ।

Add a new comment