गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको २२औं वार्षिक साधारण सभा सम्पन्न

मेरो आर्थिक
पौष २९ गते २०८०
समयः ७:३१ am

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको २२औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । गुहेश्वरी भवन, पुल्चोक ललितपुरमा सम्पन्न साधारण सभामा फाइनान्स संचालक समितिका अध्यक्ष युवराज भण्डारीले आ.व. २०७९/८० को वार्षिक प्रतिवेदन पेश गरेका थिए । अध्यक्षद्वारा पेश गरिएको प्रतिबेदनलाई छलफल गरि पारित गरिएको थियो ।
हाल फाइनान्सको मिति २०८० पौष २७ गते सम्ममा कुल निक्षेप ८ अर्व १८ करोड र कुल कर्जा लगानी ६ अर्व रहेको बताइएको छ । राष्ट्रियस्तरको यस फाइनान्सले हाल देशभर २३ वटा शाखा कार्यालयहरु र ४ वटा विस्तारित काउन्टरबाट ग्राहकहरु माझ आफ्नो वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।
कारोबार विस्तारको लागि निकट भविष्यमा विभिन्न संभाबित स्थानमा थप शाखा विस्तार गर्ने योजना रहेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताएका छन ।