चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण प्रकाशन


चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा वाणिज्य बैंकहरुले प्रकाशन गरेका अपरिस्कृत वित्तीय विवरण अनुसार कुल २८ अर्ब ७१ करोड खुद नाफा कमाएका छन् ।
समीक्षा अवधिमा २० मध्ये १६ वटा बैंकको खुद नाफा घटेको छ । जस मध्ये नेपाल बैंकको खुद नाफा सर्वाधिक ४९.६० प्रतिशत घटेको छ भने एनआईसी एशिया बैंकको खुद नाफा ४१.८४ प्रतिशत घटेको छ । यस अवधिमा १२ वटा वाणिज्य बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक रहेको छ ।
अघिल्लो त्रैमासको यसै अवधिमा घाटामा रहेको कृषि विकास बैंक यस पटक नाफामा आएको छ भने नाफा बढाउने बैंकमा हिमालयन बैंक, प्राइम बैंक र एभरेष्ट बैंक रहेका छन् । जस मध्ये हिमालयन बैंकको खुद नाफा सर्वाधिक ५७.५३ प्रतिशत बढेको छ ।
बाँकी सम्पूर्ण विवरण यस प्रकार छन् ।
बैंक २०८० पुस २०७९ पुस फरक % ग्लोबल आइएमई २,०४,२३,२९,००० २,७८,११,६५,००० -२६.५७ लक्ष्मी सनराइज १,०५,९२,१०,००० १,०७,७१,१५,००० -१.६६ सिटिजन ७८,२७,८४,००० ८४,१३,३३,००० -६.९६ नेपाल इन्भेष्टमेन्ट मेगा १,८०,१९,४४,००० २,०८,६३,०७,००० -१३.६३ एनआईसी एसिया १,९०,३८,०७,००० ३,२७,३३,३०,००० -४१.८४ स्ट्याण्डर्ड चार्टर्ड १,७२,६४,२८,००० १,७५,३६,३५,००० -१.५५ कृषि विकास १,३५,५२,७५,००० -१२,८९,३३,००० – हिमालन १,५०,३९,७४,००० ९५,४७,०४,००० ५७.५३ प्राइम कमर्सियल २,१८,२९,२७,००० १,६५,२०,४४,००० ३२.१३ एभरेष्ट १,७१,३१,४८,००० १,५८,८०,०३,००० ७.८८ सिद्धार्थ १,१३,६८,२२,००० १,१६,११,९९,००० -२.१० नबिल ३,२०,३०,७९,००० ३,४१,७६,९८,००० -६.२८ सानिमा १,१३,८६,१४,००० १,२८,५३,७९,००० -११.४२ कुमारी ८६,७२,११,००० १,०१,२०,७०,००० -१४.३१ माछापुच्छ्रे ८०,५३,८०,००० १,०२,५२,६२,००० -२१.४५ राष्ट्रिय वणिज्य २,०१,५३,८८,००० २,७१,१८,५१,००० -२५.६८ एनएमबि १,३७,५९,८७,००० १,९०,११,५३,००० -२७.६२ एसबीआई ८४,०५,४१,००० १,१७,७१,९४,००० -२८.६० प्रभु ७२,०३,४१,००० १,१९,९९,६१,००० -३९.९७ नेपाल ५९,००,५१,००० १,१७,०६,५५,००० -४९.६० कुल/जम्मा २८,७६,५२,४०,००० ३१,९४,११,२५,००० -९.९४