Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

बैङ्कद्धारा स्व. नेता सुवास नेम्वाङको घरजग्गा लिलामीको सूचना जारी

मेरो आर्थिक
मेरो आर्थिक
माघ १० गते २०८०
बैङ्कद्धारा स्व. नेता सुवास नेम्वाङको घरजग्गा लिलामीको सूचना जारी

इलाम :बुधबार, माघ १० :  एमालेका दिवङ्गत नेता सुवास नेम्वाङको इलामको घर जग्गा लिलामी सम्बन्धी नेपाल बैंक लिमिटेडले ३५ दिने सूचना प्रकाशित भएको छ । सूचना अनुसार फाल्गुन १० भित्रमा कर्जा चुक्त्ता गर्न आह्वान गरिएको छ ।

नेम्वाङका भाइ बुहारी देवकुमारी लिम्बुले घरेलु तथा साना उद्योगमा कम्पनी दर्ता गरेर नेपाल बैंकबाट ऋण लिएर पाम फुड्स एन्ड वेभरेज टेक्नोलोजी प्रालिको थालनी गरेका थिए । जसका लागि कर्जा लिँदा नेम्वाङ व्यक्तिगत जमानीकर्ता बसेका थिए । जसअनुसार बैंकले लिम्बुसँगै कम्पनीका अर्का सञ्चालक झापास्थित शान्तिनगर–५ का रुद्रप्रसाद (काजीमान) गिरी पनि रहेका थिए । नेता नेम्वाङको गत २५ भदैमा हृदयाघातका कारण निधन भएको थियो ।

बैंकले जारी गरेको सूचना अनुसार नेम्वाङको नाममा मालपोत कार्यालय इलाम स्थित इलाम–२ मा रहेको कित्ता नम्बर २४६ को क्षेत्रफल ६ रोपनी १५ आना जग्गा र जग्गाले चर्चेको सबै लिगतगापात समेत लिलामी हुने सुचनामा उल्लेख छ ।

बैंकले नेम्वाङसँगै लिम्बु, गिरी, नेम्वाङका छोरा मिङ्सो, सम्याङ, भाइ सुरेश कुमार, भतिजो मिराक, छोरी सुसाङ सुमा, पत्नी कलावती लगायतको नाममा ३५ दिने लिलामीको सूचना निकालेको छ । त्यस्तै व्यक्तिगत जमानीकर्ताको रूपमा सुरेशकी छोरी कोमना नेम्वाङ र सिन्धुलीकी कुन्ता कार्कीको नाममा समेत सूचना जारी गरेको छ ।

सूचनामा उल्लिखित छ, ‘"ऋणीहरूले लिएको कर्जाको साँवा र व्याज नियमित रूपमा नतिरेको हुँदा उक्त कर्जा असुलीका लागि पटक–पटक तर–ताकेता गर्दा पनि कर्जा चुक्ता नगरेकोले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३५ दिन (अर्थात् मिति २०८०/११/१० गते) मित्रमा ऋणी तथा व्यक्तिगत जमानीकर्ताहरूलाई सम्बन्धित शाखामा सम्पर्क राखी कर्जा चुक्ता गर्नरगराउनुहुन यो अन्तिम मौका दिइएको छ । उक्त म्यादभित्र पनि कर्जा चुक्ता नगरेमा सम्बन्धित पक्ष लाई कालोसूचीमा राखिन्छ ।"

सुचनामा प्रष्ट पार्दै भनिएको छ,"लिलाममा डाँक बढाबढ गरिलिन चाहने इच्छुक महानुभावहरूले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३६ औँ दिन (२०८०/११/११ गते)  बिदा परेमा सोको भोलिपल्ट वा लगत्तै कार्यालय खुलेको दिनको बिहान ११ः०० बजे यस बैकको तपसिलमा उल्लिखित शाखामा उपस्थित भई आफूले सकार गर्न चाहेको मूल्यमा बोलकबोल गर्नुहुन यसै सूचनाद्वारा आह्वान गरिन्छ ।"

Add a new comment