Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

कृषि विकास बैङ्क लाभांशबारे मौन,अन्य १९ ओटै बैङ्कहरुले गरे निर्णय

मेरो आर्थिक
मेरो आर्थिक
माघ २४ गते २०८०
कृषि विकास बैङ्क लाभांशबारे मौन,अन्य १९ ओटै बैङ्कहरुले गरे निर्णय

यस आर्थिक वर्षमा हाल सम्म २० वटा वाणिज्य बैंक मध्ये १२ वटाले शेयरधनीहरुलाई लाभांश वितरण गरिसकेकोछ भने अहिलेसम्म लाभांश वितरण गर्न नसक्ने बैंकको संख्या ७ पुगेको छ । कृषि विकास बैङ्कले भने हाल सम्म लाभांश घोषणा गरेकाे छैन । उक्त बैंकले लाभांश वितरण हो कि होइनन्, त्यो भने अझै अनिश्चित छ ।

कृषि विकास बैंकका शेयरधनीहरु लाभांश पाउने अपेक्षा गरिरहेका छन् । तर, उक्त बैंकले शेयरधनीलाई लाभांश वितरण गर्नेमा शंका व्यक्त गरिदै आएको छ । सरकारी पूर्ण स्वामित्वको राष्ट्रिय वाणिज्यले समेत ५.५० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । राष्ट्रिय वाणिज्य बैंक नेप्सेमा सूचीकृत बैंक भने होइन् ।

नेप्सेमा सूचीकृत १९ वटा वाणिज्य बैंकमध्ये अझै एउटाले आर्थिक वर्ष २०७९-८० का लागि लाभांश घोषणा गर्न बाँकी छ । अहिलेसम्म ११ वटाले वितरण गरिसकेका छन् भने ७ वटाले लाभांश वितरण नगर्ने निर्णय गरेका छन् ।

वाणिज्य बैंकमध्ये एनआइसी एसिया, माछापुच्छ्रे, एभरेष्ट, सानिमा, लक्ष्मी सनराइज, नेपाल एसबीआई, ग्लोबल आइएमई, नबिल, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ र सिटिजन्स बैंकले लाभांश दिएका छन् भने लाभांश नबाँड्ने निर्णय गर्ने वाणिज्य बैंकहरुमा प्राइम, हिमालयन, एनएमबी, कुमारी, नेपाल बैंक, प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेका छन् ।

सबैभन्दा बढी एनआइसी एसिया बैंकले २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.५२ प्रतिशत नगद लाभांश वितरण गरेको छ । सबैभन्दा कम लाभांश सिद्धार्थ बैंकको छ । यो बैंकले ४.२१ प्रतिशत नगद लाभांश मात्रै दिएकोछ ।

Add a new comment