वाणिज्य बैङ्कहरुको फाल्गुन महिनाको लागि ब्याजदर सार्वजनिक : Mero Aarthik
जेठ २९ गते २०८२
ब्रेकिङ न्यूज

वाणिज्य बैङ्कहरुको फाल्गुन महिनाको लागि ब्याजदर सार्वजनिक

मेरो आर्थिक मेरो आर्थिक माघ २९ गते २०८०

वाणिज्य बैंकहरुले फाल्गुन महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन्। नेपालमा रहेका कुल २० वाणिज्य बैंकहरुले प्रकाशित गरेको सूचना अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा यी बैंकहरुको औषत ब्याजदर ०.४० प्रतिशतविन्दु घटेको छ।

फागुनमा घटेर ७.७५ प्रतिशतविन्दुमा सीमित भएको व्यक्तिगत मुद्दति निक्षेपमा बैंकहरुको औषत ब्याजदर माघ महिनामा ८.१६ प्रतिशतविन्दु रहेको थियो ।

त्यसैगरी, संस्थागत मुद्दति निक्षेपमा पनि बैंकहरुको औषत ब्याजदर ०.३७५३ प्रतिशतविन्दु घटेको छ।

फागुन महिनाका लागि सर्वाधिक ब्याजदर घटाउने बैंक सिटिजन्स बैंक रहेको छ। माघ महिनामा व्यक्तिगत मुद्दतिमा ९.१५ प्रतिशत ब्याज दिएको यस बैंकले फागुन महिनामा अधिकतममा ८.२५ प्रतिशत ब्याज दिने भएको छ। बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ०.९० प्रतिशतविन्दु घटाएको हो।

फागुन महिनामा हिमालयन बैंक, एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक र माछापुच्छ्रे बैंकले भने माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।