वाणिज्य बैंकहरुको चैत्र महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित : Mero Aarthik
जेठ २९ गते २०८२
ब्रेकिङ न्यूज

वाणिज्य बैंकहरुको चैत्र महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित

मेरो आर्थिक मेरो आर्थिक फागुन ३० गते २०८०

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन्। प्रकाशित सुचना अनुसार १७ वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् भने दुई वाणिज्य बैंकहरुले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। एनआईसी एशियाले भने ब्याजदर बढाएको छ।

१७ वाणिज्य बैंकहरुले ब्याजदर घटाएसँगै औषत ब्याजदर पनि घट्न पुगेको छ । बैंकहरुको ब्याजदर औषतमा ०.५०४२ प्रतिशतविन्दु घटेको हो। फागुन महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा ७.७५ प्रतिशतविन्दु रहेको २० बैंकहरुको अधिकतम औषत ब्याजदर चैत महिनामा घटेर ७.२५ प्रतिशतविन्दुमा झरेको छ।

यता बैंकहरुको संस्थागत मुद्दति निक्षेपको ब्याजदर भने बढेको छ। फागुनमा ५.७४ प्रतिशतविन्दु रहेको बैंकहरुको संस्थागत निक्षेपको अधिकतम औषत ब्याजदर, चैत महिनामा ०.२६ प्रतिशतविन्दु बढेर ६ प्रतिशतविन्दु पुगेको छ।

एभरेष्ट, लक्ष्मी सनराइज, माछापुच्छ्रे र हिमालयन बैंकले माघ महिनाकै ब्याजलाई यथावत राखेका छन् भने अन्य बैंकले परिवर्तन गरेका छन्।

फागुन महिनामा सबैभन्दा बढी ब्याज दिने एनएमबि बैंकले जनाएको छ। एनएमबिले ८.५० प्रतिशत दिएको छ। एभरेष्ट, लक्ष्मी सनराइज, माछापुच्छ्रे बैंकको ब्याजदर मुद्दति निक्षेपमा ८ प्रतिशत रहेको छ भने हिमालयन बैंकको ८.१५ प्रतिशत रहेको छ। त्यसैगरी, कुमारीको ८.१ प्रतिशत, नेपाल एसबिआई ८.१० एनएमबि ८.५० र सिटिजन्स बैंकको ब्याज ८.२५ प्रतिशत भन्दा माथि रहेको छ। त्यसैगरी, नबिल बैंकको ७.७५, प्रभु बैंक ७.५०, नेपाल बैंकको ब्याज ७.२५ प्रतिशत, स्टयान्डर्ड चार्टर्ड बैंकको ७.३५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक ७.३५ प्रतिशत, प्राइम कर्मसियल बैंकको ७.४० प्रतिशत, प्रतिशत, सानिमा बैंकको ७.५१ प्रतिशत, ग्लोबल आइएमईको ७.६०, कृषि विकास बैंकको ६.४४ रहेको छ।

नयाँ ब्याजदर चैत्र गतेबाट लागू हुन्छ।