गरिमा विकासको प्रमुख कार्यकारी अधिकृतमा माधव प्रसाद उपाध्याय : Mero Aarthik
असार २५ गते २०८२
ब्रेकिङ न्यूज

गरिमा विकासको प्रमुख कार्यकारी अधिकृतमा माधव प्रसाद उपाध्याय

मेरो आर्थिक मेरो आर्थिक चैत्र २१ गते २०८०

गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा माधव प्रसाद उपाध्याय नियुक्त भएका छन । बैक सञ्चालक समितिको बैठकले हाल बैकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत उपाध्यायलाई २०८१ बैशाख १ गतेदेखि लागू हुनेगरी ४ वर्षकोे लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हाे।

व्यवस्थापनमा स्नातकोत्तर गरेका उपाध्याय गरिमा विकास बैंक लिमिटेडमा स्थापना कालदेखि कार्यरत रहेका छन । विगत १५ वर्षदेखि कम्पनी सचिवको समेत जिम्मेवारी बहन गरेका उपाध्याय ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नुपूर्व उपाध्याय करिब डेढ दशक प्राध्यापन पेशामा संलग्न थिए।

विगत १५ वर्षदेखि यस विकास बैंकमा निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका गोविन्द प्रसाद ढकालको कार्यकाल २०८० चैत्र मसान्तमा समाप्त हुने भएपछि २०८१ बैशाख १ गतेदेखि रिक्त हुने साे पदमा उपाध्यायलाई सञ्चालक समितिले नियुक्त गर्ने निर्णय गरेको बताइएकाे छ।

सोही बैठकले विकास बैंकमा कार्यरत सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई मिति २०८० चैत्र १५ गतेदेखि लागू हुने गरी विकास बैंकको कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय समेत गरेको छ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?