Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

मुक्तिनाथ विकास बैंक र स्काईवाक टावर बीच छुट सम्झौता

मेरो आर्थिक
मेरो आर्थिक
जेठ २१ गते २०८१
मुक्तिनाथ विकास बैंक र स्काईवाक टावर बीच छुट सम्झौता

मुक्तिनाथ विकास बैंकका ग्राहकले काठमाण्डौको कमलादीमा रहेको स्काईवाक टावरको टिकट खरिदमा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवा दिन वन्डर्स नेपाल प्रा.लि. सँग स्काइवाक टावरको टिकट खरिदमा छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।

यस व्यवसायिक सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले स्काइवाक टावरको टिकट खरिद गर्दा १५ देखि २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले मुक्तिनाथ विकास बैंकको डेबिट काड वा मोबाइल तथा ईन्टरनेट बैंकिङद्वारा टिकट खरिद गर्न भुक्तानी गर्नु पर्ने छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेशिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसैगरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

Add a new comment