Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

कुमारी बैंक र युएसएडबीच सम्झौता, वित्तीय साक्षरता अभिवृद्धि गर्ने

मेरो आर्थिक
मेरो आर्थिक
जेठ २७ गते २०८१
कुमारी बैंक र युएसएडबीच सम्झौता, वित्तीय साक्षरता अभिवृद्धि गर्ने

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले लघु साना तथा मझौला उद्योग–व्यवसाय वित्तीय साक्षरता कार्यक्रमका लागि युएसएडसँग सम्झौता गरेको छ।
यस सम्झौताअन्तर्गत युएसएड ट्रेड एण्ड कम्पिटीभ्नेसले बैंकलाई नेपालभरका साना तथा मझौला उद्योग–व्यवसाय माझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने पहलमा सहयोग गर्नेछ । बैंकले यस कार्यक्रममार्फत १० हजार नयाँ साना तथा मझौला उद्योग–व्यवसाय लाई ‘बैंकिङ र क्रेडिट रेडी’बनाउन वित्तिय सहयोग गर्ने छ ।

कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटीएम, ४९ एक्सटेन्सन काउन्टर तथा ५९ शाखारहित बैंकिङ ईकाईहरुमार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

Add a new comment