Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

चितवनको पहिलो ‘सफ्टटेक चितवन–२०८०’ मेला समु्द्घाटन

मेरो आर्थिक
मेरो आर्थिक
भाद्र २२ गते २०८०
चितवनको पहिलो ‘सफ्टटेक चितवन–२०८०’ मेला समु्द्घाटन

उद्योग वाणिज्य संघ–चितवनको सभाहलमा भाद्र २१ गते बिहिबार उद्योग वाणिज्य संघ–चितवन र नेपाल कम्प्यूटर एशोसिएसन चितवनको संयुक्त आयोजनामा चितवन जिल्लामानै पहिलो पटक सञ्चालन गरिएको सफ्टटेक चितवन–२०८० मेलाको समु्द्घाटन भएको छ ।


कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले चितवन देशकै मध्यभागमा रहेको शहर भएकाले यस क्षेत्रमा कसरी आईटी हव बनाउन सकिन्छ भन्ने उद्देश्यले यस कार्यक्रम आयोजना गरिएको बताउनु भयो । उहाँले यहाँका सूचना प्रविधि व्यवासायी एवं विद्यार्थीहरुले विकास गरेका सफ्टवेयरहरू मेलामा प्रर्दशन गरिने र ति सफ्टवेयरहरूको प्रवद्र्धन गर्न मेला आयोजना गरिएको बताउनु भयो ।


सफ्टटेक चितवन–२०८० को उद्घाटन गर्दै भरतपुर महानगरपालिकाका उप प्रमुख चित्रसेन अधिकारीले स्माट सिटि र स्माट देशका परिकल्पना साकार पार्न आईटीको विकास हुृन आवश्यक रहेको बताउनु भयो । उहाँले यस महानगर स्वास्थ्य र पोल्ट्री हवको रुपमा विकास भैसकेको र अव आईटीको हव बनाउन महानगरले सहयोग गर्ने बताउनु भयो । उपप्रमुख अधिकारीले भरतपुर महानगरपालिकाले आयोजना गर्न लागेको भरतपुर भ्रमण वर्ष २०२४ सफल पार्नका लागि सवै निजी तथा सार्वजनिक निकायहरुलाई सहयोग गर्न अपिल गर्नुभएको थियो ।


कार्यक्रममा कम्प्यूटर एशोसिएसन नेपाल महासंघका अध्यक्ष रञ्जित कुमार पोदारले आईटी सफ्टवेयरहरूको विकास गरियो भने देशको अर्थतन्त्र विकासका लागि ठुलो योगदान पु¥याउने बताउनु भयो । उहाँले नेपाल सरकाले नीतिगत कुराहरु सहजीकरण गरी नेपालमानै विकसीत सफ्टवेयर प्रयोग गर्न समेत अनुरोध गर्नुभयो ।


कार्यक्रममा कम्प्यूटर एशोसिएसन नेपाल महासंघ चितवनका निवर्तमान अध्यक्ष एवं उद्योग वाणिज्य संघ–चितवनका कार्यसमिति सदस्य सन्तोषजनक भुसालले मेला ३ दिन सम्म सञ्चालन हुने र मेलामा २० वटा स्टलहरु रहेको जानकारी गराउनु भयो ।


कार्यक्रमा उद्योग वाणिज्य संघ–चितवनका पदाधिकारी, कार्यसमिति कम्प्यूटर एशोसिएसनका पूर्व अध्यक्ष पदाधिकारी, विभिन्न बस्तुगत संघका अध्यक्ष एवं पदाधिकारीहरु, पत्रकार र विभिन्न कलेजका विद्यार्थीहरु गरी १६० जनाको उपस्थिति रहेको उद्योग वाणिज्य संघ–चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी दिनुभयो ।


उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम धन्यवाद ज्ञापन सहित समापन कम्प्यूटर एशोसिएसन चितवनका अध्यक्ष टेकलाल भुषालले गर्नुभएको कार्यक्रम कम्प्यूटर एशोसिएसन चितवनका सचिव ई. कृष्ण पोखरेलले सञ्चालन गर्नु भएको थियो ।


कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रको हवको रुपमा चितवन जिल्ला विकास भैसहेकोले सूचना प्रविधिको क्षेत्रमा समेत हव हुन सक्ने बारेमा सम्भाब्यता समेत अध्ययन गर्न लागिएको उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक निलबहादुर के.सीले जानकारी गराउनु भयो ।

Add a new comment