Skip to content
logo
कार्तिक ३ गते २०८१ समयः

आयल निगमले हवाई जहाज र हेलिकप्टरको इन्धन खर्च बेहोर्ने

मेरो आर्थिक
मेरो आर्थिक
कार्तिक १९ गते २०८०
आयल निगमले हवाई जहाज र हेलिकप्टरको इन्धन खर्च बेहोर्ने

नेपाल आयल निगम लिमिटेडले भूकम्प प्रभावित क्षेत्रमा परिचालित इन्धनको सम्पुर्ण इन्धनको खर्च ब्यहोर्ने घोषणा गरेको छ । निगमले उद्धारमा परिचालन भएका हवाई जहाज र हेलिकप्टरकोमा प्रयोग हुने इन्धन खर्च बेहोर्ने घोषणा गरेको हो ।

घटना प्रति दुःख ब्यक्त गर्दै आर्थिक वर्ष २०८०/८१ को संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकबाट उक्त खर्च बेहोर्ने निर्णय भएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

शनिबार एक विज्ञप्ति जारी गर्दै विपद्‍को घडीमा भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खटिएका नेपाल एयरलाइन्स र नेपाली सेनाको हवाइजहाज एवम् हेलिकप्टरमा प्रयोग हुने हवाई इन्धन वापतको खर्च बेहोर्ने घोषणा निगमले गरेको थियो ।

Add a new comment