जेठ ६ गते २०८२

पक्राउ पछि मध्यरातमा रवि लामिछानेलाई पोखरा ल्याइयो, भोली अदालत लगिने

मेरो आर्थिक मेरो आर्थिक कार्तिक ३ गते २०८१ १:२३ PM

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई पोखरा ल्याइएको छ ।

जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई सडकमार्गबाट पोखरा ल्याइएको हो ।
लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको प्रहरीले जनाएको छ । लामिछानेलेलाई आज शनिबार सार्वजनिक बिदा परेका कारण आइतबार मात्रै अदालतमा उपस्थित गराइने जनाइएको छ । लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको प्रहरीले जनाएको छ ।
रास्वपा कार्यकर्ताहरूले आज बिहान ११ बजे मानवअधिकार चोक, पोखरामा विरोध प्रदर्शन गर्ने भएका छन् । लामिछानेलाई पोखरा पुर्‍याइएसँगै रास्वपाका प्रभावशाली नेताहरू पनि पोखरा नै केन्द्रित भएका छन् । दुई उपसभापति डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले, तोशीमा कार्कीलगायतका नेताहरू पनि पोखरा पुगेका छन् ।
लामिछानेलाई नियन्त्रणमा लिनेबित्तिकै रास्वपा केन्द्रीय कार्यालय परिसरमा नेता कार्यकर्ताले सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

उनीहरूले लामिछाने निर्दोष रहेकोमात्रै होइन, उनलाई प्रतिसोधका आधारमा पक्राउ गरिएको र सहकारी ठगीका असली अपराधीहरू भने सत्तारुढ दलले संरक्षण गरेर राखेको भन्दै आरोप लगाएका थिए । सडकमार्ग भएर पोखरा जान चाहेका लामिछानेको पक्षमा रास्वपाले धादिङ, चितवन, तनहुँ हुँदै पोखरासम्म नै सडकमा समर्थकको भीड उतारेको थियो । रास्वपाका उपसभापति अर्यालसहित दर्जनौँ नेताहरू लामिछानेलाई पछ्याउँदै राति नै पोखरा पुगेका हुन् ।

लामिछानेलाई प्रहरीले गाडीमा राखेर लैजाँदै गर्दा ठाउँ(ठाउँमा रास्वपाका नेता कार्यकर्ताहरूले बाटो छेकेर नाराबाजी र विरोध प्रदर्शन गरेका थिए भने कतिपय ठाउँमा बाक्लो प्रहरी परिचालन गर्नुपर्ने स्थिति बनेको थियो ।

लामिछानेलाई काठमाडौँबाट हिडाएलगत्तैदेखि मुग्लिनमा जम्मा भएका उनका समर्थकहरूले लामिछाने त्यहाँ पुगुञ्जेलसम्म नाराबाजी र प्रदर्शन गरेका थिए । लामिछानेलाई प्रहरीले मुग्लिन पुर्‍याउँदा उनीहरूले प्रहरीको गाडी रोकेर लामिछानेसँग संवाद गर्ने भन्दै धकेलाधकेल समेत गरेका थिए । मुग्लिनमा जम्मा भएका नेता कार्यकर्ताहरू पोखरासम्मै पुगेका छन् ।

सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु ९जीवी० राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ । आफू सहकारी प्रकरणमा निर्दोष रहेको दाबी गरेका लामिछानेले भने आफूमाथि अनुसन्धानका लागि पक्राउ पूर्जी जारी हुँदासमेत आफ्ना समर्थकहरूलाई भड्काउने र अनुसन्धानलाई प्रभावित पार्ने प्रयास गरेका छन् ।

उनी काठमाडौँमा पक्राउ पर्ने बित्तिकै रास्वपाले काठमाडौँसहित सडकमार्ग रहेको क्षेत्र र पोखरामा समेत आफ्ना कार्यकर्ताहरूलाई सडकमा उत्रिन आन्तरिक सर्कुलर गरेको थियो ।

मेरो आर्थिक मिडिया प्रा.लि.द्वारा सञ्चालित समाचारमुलक मिडिया

सम्पर्क जानकारी

  • काठमाडौं ३२, नेपाल
  • +977-1-5910390
  • meroaarthik@gmail.com

सोसल मिडिया

हामीलाई फलो गर्नुहोस्

हाम्रो मिडिया

विज्ञापनका लागि

  • मेरो आर्थिक मिडिया प्रा.लि.
  • +977-1-5910390, 9843929378
  • meroaarthik@gmail.com
प्रकाशक/सम्पादक: दधिराम पौडेल
प्रेस काउन्सिल दर्ता नं: ३०५७/०७८/०७९
सूचना विभाग दर्ता नं: ३०७५/०७८/०७९

सर्वाधिकार सुरक्षित २०२१ @ मेरो आर्थिक मिडिया प्रा.लि.