Skip to content
logo
कार्तिक ३ गते २०८१ समयः

ऋण लिएर खाने र १० ठाउँमा लगाएर बैंकको ऋण तिर्दिन प्रवृति गलत: अर्थमन्त्री डा. प्रकाशशरण महत

मेरो आर्थिक
मेरो आर्थिक
मंसिर ७ गते २०८०
ऋण लिएर खाने र १० ठाउँमा लगाएर बैंकको ऋण तिर्दिन प्रवृति गलत: अर्थमन्त्री डा. प्रकाशशरण महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकको ऋण बढी लिनेले तिर्दिन भन्न नमिल्ने बताएका छन् । शंखधर दिवसको अवसरमा बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।

उनले मुलुकको अर्थतन्त्रका विषयलाई समेत लिएर जथाभावी बोल्दै हिँड्नेले बैंकको ऋण बढी लिएर तिर्दिन भन्न नमिल्ने बताएका हुन् । ऋण लिएर खाने र १० ठाउँमा लगाएर बैंकको ऋण तिर्दिन प्रवृति गलत भएको उनको भनाइ थियो ।

उनले बैंकको ऋण लिएर व्यवसाय गर्दा गर्दै तिर्न नसक्ने व्यवसायीहरुलाई नीतिगत रुपमा राज्यले हेर्ने बताए । उनले बद्मासी नगर्ने तथा व्यवसाय गर्दा गर्दै समस्या परेकाहरुको लागि राज्यले सहजीकरण गर्न तयार रहेको बताए ।

Add a new comment