डिजेल, पेट्रोल लगायतका पेट्रोलियम पदार्थहरुको मूल्यमा वृद्धि : Mero Aarthik
असार १८ गते २०८२
ब्रेकिङ न्यूज

डिजेल, पेट्रोल लगायतका पेट्रोलियम पदार्थहरुको मूल्यमा वृद्धि

मेरो आर्थिक मेरो आर्थिक फागुन ४ गते २०८०

डिजेल, पेट्रोल र मट्टितेलकाे  मूल्य बढेकाे छ। नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलकाे  मूल्य लिटरमा २ रुपैयाँले बढाएको हो ।

बिहीबार रातिबाट लागु हुने गरी निगमले मूल्य बढाएकाे हाे । मूल्य बृद्धि पछि काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ र डिजेल तथा मट्टितेलकाे  मूल्य १६० रुपैयाँ कायम भएको छ।

सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको १७१ र डिजेल, मट्टितेलकाे  १५९ रुपैयाँ तथा झापा, विराटनगर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगंज क्षेत्रमा पेट्रोलको १६९ पैयाँ ५० पैसा र १५७ रुपैयाँ ५० पैसा डिजेल तथा मट्टितेलकाे  मूल्य कायम भएको छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?