Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

फ्रान्समा हिंसात्मक प्रदर्शन, ४५ हजार प्रहरी परिचालन

मेरो आर्थिक
मेरो आर्थिक
असार १७ गते २०८०
फ्रान्समा हिंसात्मक प्रदर्शन, ४५ हजार प्रहरी परिचालन

मंगलवार ट्राफिक प्रहरी कारबाहीमा एक युवाको ज्यान गएपछि फैलिएको हिंसात्मक प्रदर्शन पाँचौँ रात पनि जारी रहेको बीबीसीले जनाएको छ ।

पेरिसबाट सुरु भएको आन्दोलन अहिले देशैभर फैलिएको छ । प्रदर्शनकारीले घातक हतियारसमेत प्रयोग गर्न थालेका छन् । ठाउँ ठाउँमा पसल, बैंक, गाडी, घर लगायतका संरचनामा लुटपाट भएका छन् ।

४५ सय भन्दा धेरै सरकारी र निजी भवन तथा गाडीमा आगजनी भएको छ । सरकारले हिंसा नियन्त्रणको लागि ४५ हजार जना प्रहरी परिचालन गरेपनि अवस्था नियन्त्रण बाहिर रहेको खबरमा उल्लेख छ । प्रहरीले अहिलेसम्म २५ सय जना भन्दा धेरैलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरु धेरैजसो किशोर अवस्थाका छन् ।

फ्रान्सको राजधानी पेरिसमा गएको मंगलवार एक १७ वर्षका किशोर नाहिल एमको हत्यापछि हिंसात्मक प्रदर्शन भइरहेको छ । नाहेल एमलाई मंगलवार बिहान पेरिसमा एक प्रहरीले ट्राफिक नियम उल्लंघन गरेको आरोपमा गोली हानेका थिए ।

Add a new comment