Skip to content
logo
मंसिर २९ गते २०८१ समयः

पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा दिने सरकारको निर्णय

मेरो आर्थिक
मेरो आर्थिक
मंसिर ३ गते २०८१
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा दिने सरकारको निर्णय

 पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

ढुंगानाको आइतबार दिउँसो  उपचारको क्रममा निधन भएको थियो । ढुंगानाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ । ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने छ ।

पञ्चायतकालमा विद्यार्थी संगठन बनाएर राजनीतिक यात्रा सुरु गरेका उनले वरिष्ठ अधिवक्ता, मानवअधिकारवादी र नागरिक समाजको अगुवाको पहिचानसमेत बनाएका छन् । ०२८ सालमा नेपाल बार एसोसियसनको महासचिव बनेका उनी पत्रकारिता र शिक्षण पेशामा पनि लागे । ढुंगानाले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका पनि खेलेका थिए ।

०४८ सालमा काठमाडौंबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनी सभामुख बने । ०५१ सालको मध्यावधि चुनावमा विद्या भण्डारीसँग पराजित भएपछि ढुंगाना शान्ति अभियानमा खुलेर लागेका थिए । उनी सरकार-माओवादी शान्ति वार्ताका सहजकर्ता थिए ।

Add a new comment