Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

उत्तर कोरियाका नेता किम जोङ उन बख्तरबन्द रेलमा रुस प्रस्थान

मेरो आर्थिक
मेरो आर्थिक
भाद्र २६ गते २०८०
उत्तर कोरियाका नेता किम जोङ उन बख्तरबन्द रेलमा रुस प्रस्थान

उत्तर कोरियाका नेता किम जोङ उन आफ्नो बख्तरबन्द रेलमा रुस प्रस्थान गरेका छन् । दक्षिण कोरियाली मिडियालाई उद्धृत गर्दै सीएनएनले किम जोङ रुसको भ्लादिभोस्तोक सहर प्योङयाङको भ्रमण गर्ने जनाएको छ ।

कोरोनापछि किम जोङको यो पहिलो विदेश यात्रा हो । यस अवधिमा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग हतियार आपूर्ति र युक्रेन युद्धमा सैन्य सहयोगका विषयमा कुराकानी गर्ने बताइएको छ।

सेप्टेम्बर १० देखि १३ सम्म हुने इस्टर्न इकोनोमिक फोरममा भाग लिन दुवै नेताले भ्लादिभोस्तोकस्थित सुदूर पूर्वी संघीय विश्वविद्यालयको क्याम्पसको भ्रमण गर्ने छन्। दक्षिण कोरियाली मिडियाका अनुसार किम जोङले रुसको प्रशान्त महासागर फ्लीटको नेभल बेस पियर ३३ को भ्रमण पनि गर्न सक्ने छन् ।

उनी एक खरो, क्रुर शासकको रुपमा बिश्वमा परिचित छन् । हवाई यात्रामा किम जोङ डराउने गरेको अन्तरराष्ट्रियले संचारमाध्यमले जनाएका छन् । उनी धेरैजसो रेलबाट यात्रा गर्छन् । यो रेल स्टालिनले किमका हजुरबुवा किम इल सुङलाई सन् १९४९ मा उपहार दिएका थिए ।

Add a new comment