Skip to content
logo
भाद्र २३ गते २०८१ समयः

इजरायलबाट नेपाल फर्किने विमान आजराति आइपुग्ने

मेरो आर्थिक
मेरो आर्थिक
असाेज २५ गते २०८०
इजरायलबाट नेपाल फर्किने विमान आजराति आइपुग्ने

इजरायलबाट नेपाल आउनका लागि २५० जना नेपाली विमान चढेका छन् । इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू विमान चढेका हुन् । उनीहरूलाई लिएर फर्किने विमान राति नेपाल आइपुग्नेछ । नेपाली विद्यार्थी ल्याउनको लागि परराष्ट्रमन्त्री एनपी साउद नेतृत्वको टोली गएराति इजरायल प्रस्थान गरेको थियो ।

इजरायल र गाजाबीचको युद्धका कारण इन्टर्नसीप गर्न इजरायल पुगेका नेपाली विद्यार्थीहरू स्वदेश फर्किन लागेका हुन् । इजरायलमा समस्यामा परेका नेपालीहरूको जहाज चार्टड गरेर नेपाल ल्याउने निर्णय सरकारले गरेको थियो । सोही आधारमा पहिलो चरणमा आज राति नेपाल आइपुग्न लागेका हुन् ।

Add a new comment