Skip to content
logo
भाद्र ३१ गते २०८१ समयः

राैतहटका प्रहरी उपरीक्षक दीलिप घिमिरेसँग गरिरएको कुराकानी

मेरो आर्थिक
मेरो आर्थिक
श्रावण १४ गते २०८१
राैतहटका प्रहरी उपरीक्षक दीलिप घिमिरेसँग गरिरएको कुराकानी

जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी उपरीक्षक दीलिप घिमिरेले आफ्नो सय दिने कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन । सोही सेरोफेरोमा  प्रेमचन्द्र झाले गरेको अन्तरवार्ता प्रस्तुत छ । 

-राैतहट बसाई कस्तो रहेको छ ? 

राैतहट आएको सय दिन मात्र पुगेको छ ।यश अबधिमा हामीले के के गरयाै भर्खरै सार्वजनिक गरेका छाै ।अपराध अनुसन्धान लगायतका जति पनि गतिविधि  छ  सार्वजनिक गरिएका छन । नेपालमा सब भन्दा मुस्लिम बसाेबासकाे हिसाबले , शिक्षा स्वास्थ्य राेजगारकाे हिसाबले  चुनाैति छ । जिल्लाका कुनकुन कुरामा काम गर्नु परेको छ । त्यसमा काम गरे पछि रिज्लट पनि देखिएका छन ।स्वच्छ निश्पक्ष दवाव रहित सेवा मलाई लाग्छ नागरिक स्तर सम्म पुगेको लाग्छ । आएका चुनाैतिलाई सहर्ष स्विकार्दै   चुनाैतिको सामना गरेर आगाडी बढेको छु । 

-राैतहटको बारेमा जतिको बाहिर प्रचार भएको छ यथार्थमा सकारात्मक नाकारात्मक के पाउनु भयो ?

तराईको जिल्लामा मैले केही समय धनुषा र बारामा बसेर काम गर्ने अवसर पाएको छु । राैतहटको बारेमा जुन किसिमको बाहिर बुझाई छ । जिल्लामा आई सके पछि त्यतो लाग्दैन ।  त, केही चुनाैति पकै पनि छन । राैतहटमा केही मिडियाकर्मि साथीहरूले समाचार सम्प्रेषण गर्ने अवस्थामा सत्य तथ्य नबुझी भएको भन्दा फरक किसिमले समाचार सम्प्रेषण गर्दा समस्या हुने गर्दछ । जस्तो उदाहरणको लागि कसैको श्रीमान  श्रीमतिको  झगडा भयो भने शान्ति सुरक्षा संग जोडेर समाचार सम्प्रेषण गरिन्छ ।

शान्ति सुरक्षा के हो  भने विना कुनै कारण व्यक्तिको हत्या हुन्छ त्यसलाई शान्ति सुरक्षा संग जोडन सकिन्छ । राैतहटमा भएका राम्रा कुरा मिडियामा आउदैन । नेगेटिभ कुरा बढि प्रचार प्रसार हुने गरेका कारण बाहिरबाट थ्रेटभएको , सुरक्षा चुनाैति भएको जिल्लाको रुपमा देखिन्छ । मैले यहाँ आएर करिब सय दिनकोअवधिमा के महसुस गरे कि बाहिर बाट बुझेकाे जस्ताे राैतहट छैन । भित्रबाट एकदम समान्य छ ।अहिलेका केहि घटना  क्रमलाई हेर्ने हाे भने ठुल्ला किसिमका प्रहरीले सुरक्षा चुनाैति हुने खालका घटना  घटेको छैन ।ठुलो चुनाैति तथा नाकारात्मक रुपले सोचनु पर्ने अवस्था अहिले सम्म आएको  छैन ।

-पुलिस हेड क्वाटरमा अतिरिक्त कमाई हुने ठाउको रुपमा राैतहटलाई लिने गरेको सुनिन्छ  तपाईंलाई हेड क्वाटरले कुन रुपमा व्यवहार गरि रहेका छन ? 

आर्थिक प्रलोभनमा परेर काम गर्ने नियत भएका मानिसलाई पैसा कमाउन तराईमा आउनु पर्दैन । जहा पनि  पैसा कमाउन सक्छन ।तराईको जिल्लामा भारतसंग सिमाना जोडिएको भन्सार छलि चोरी हुने ठाउ भएको हुनाले यहाँ आउनेको नियत खराब हुन सक्छन  । त्यस हिसाबले बुझन सकिन्छ । यसमा मेरो पहिलो प्राथमिकता के थियो भने आर्थिक प्रलोभनमा नपर्ने  । म आएको सय दिन भएको छ । यश अवधिमा कुनै पनि रुपले आर्थिक प्रलोभनमा परेको छैन ।तस्करी ,मुद्दा मामिला वा गिट्टी वालुवा होस  । कुनै पनि काम आर्थिक प्रलोभनमा परेर गरेको छैन । फल स्वरुप त्यसको  रिजल्ट पनि दिन थालि सकेका छन । 

हाम्रो मुख्य दायित्व नै त्यस्ता गतिविधि न्युनिकरण गर्नु हो ।सतप्रतिसत राेक्न त गाह्राे होला । तर  कार्यालय प्रमुखले चाहे भने त्यसलाई कति हद सम्म नियुनिकरण गर्न सक्छन । ती कुरालाई राेकनका लागि हामिले भन्सार चाेरी तस्करीका समान समातेको परिणाम तथा भन्सारको राज्शव वृद्धिबाट सजिलै अनुमान लगाउन सकिन्छ ।

-सय दिने रिपोर्टमा सफल अनुसन्धानका  घटनालाई बढि हाईलाईट गर्न खाेजिएको छ । सफल अनुसन्धान भनेर के बुझने? यसमा उल्लेख भए जति सफल बाकीको हकमा के बुझ्ने ?

जघन्य प्रकृतिका कर्तव्य ज्यानका धटनाहरुलाई बढी महत्त्व दिईएको छ । अरु घटना भाेलिका दिनमा करेक्सन हुन सक्छन । तर ज्यान गई सके पछि करेकसन हुने वा क्षतिपूर्ति पाउने सम्भावना रहदैन । त्यस हिसावले कर्तव्य ज्यानको घटनालाई सिरियस रुपमा लिने गरिन्छ । 

  यश आर्थिक वर्षमा भएका त्यस प्रकृतिका सवै घटना अभियुक्तलाई पक्राउ गर्न सफल भएका छाेे ।धटनाकाे बारेमा सबै कुरा बाहिर आई सकेका छन । संलग्न व्यक्ति पक्राउ परि सकेका लाई सफल अनुसन्धान भन्छाै । 

-न्याय सम्पादनको हिसाबले निर्दोषलाई नफसाउ भन्छन तर हाम्रो यहाँ जाहेरी र पिडितको कथित वयानको आधारमा दर्जनाै निर्दोष व्यक्ति उपर मुद्दा दर्ता गरेर फसाएको छु जस्तो महसुस हुदैन ?

मैले महसुस गरेको र तपाईं ले बझेको कुरा एकदम सहि हो । यश प्रश्नका लागि धन्यवाद । तराईमा कुनै पनि घटना हुदा अधिकांश केशहरुमा रिस उठेका सबै व्यक्तिको नाम जाहेरीमा राख दिने चलन समान्य भएको छ   ।  उदाहरणका लागि कुनै विवाहित महिलाले आत्म हत्या गरे भने त्यसमा उसको श्री मानको साथ साथै सासू ससुरा , देवर,देवरानी  जेठाजु,जेठानी नन्द लगायत घर भरी सबैको नाममा मुद्वा हाल्ने प्रचलन छ ।

त्यसमा मेरो पहिलो प्रयास के हुन्छ ।  तपाईले बुझे जस्तै   मेरो ध्ये के हन्छ कि सयाै अपराधी प्रमाण अभावमा छुटाेस तर एउटा पनि निर्दोष मानिस न फसोस । जाहेरीको भरमा निर्दोष व्यक्तिलाई फसाउने काम नहोस । तर यहाँ चेतना कम भएका समुदायहरु पनि छन । यहाँ सासद भएको नगर प्रमुख भएको व्यक्ति को दवाव मुद्दा चलाउनैका लागि आउने गर्द छन । कन्भिन्स गर्दा पनि हुदैन त्यसपछि प्रहरीको दायित्व के हुन्छ कि जाहेरी परि सके पछि जे जसको नाममा आएको छ । जाहेरी दर्ता गर्ने र प्रहरीले प्रारम्भिक अनुसन्धानमा जे देखेकाे छ। काे संलग्न छ छैन त्यसै अनुसार प्रकृया वढाउने गरिएको छ। आदालतले जसको नाममा पक्राउ पुर्जी जारी गर्दछ त्यसलाई हामीले पक्राउ गरेर मुद्दा अगाडि वढाउने गरिन्छ । 

- कुनै पनि निर्दाेष व्यक्ति विना कुनै कसुर एक घन्टा पनि प्रहरीको थुनामा न परोस भनि हिसाबले हामी काम गरि रहेका छाै ।

-महिला तथा वाल वालिकाको क्षेत्रमा बढी काम भएको रिपोट छ तर जिल्ला प्रहरी राैतहटमा भिडभाड अचेत आएको बढी उजरी वहाहरु केै बढी छ । यसलाई यहाले कुन रुपमा लिनु भएको छ ? यहाँ दर्ता भएका अन्य मुद्वामा निराकरणमा त्यति प्रगति किन भएन? 

महिला बाल वालिका अत्यन्तै सम्वेदनशिल हुन्छन । महिला र बाल वालिकालाई राज्यले पनि विषेश ग्राहयता दिएका छन । राज्यको नीति अनुसारले नै नेपाल प्रहरीले पनि त्यसलाई विषेश प्राथमिकता दिएर हेरि रहेको हुन्छ । हाम्रो युनिटहरुमा  महिला वालवालिका तथा जेष्ठ नागरिकको छुट्टै युनिट खडा भई सेवा दिई रहे छन । महिला वालवालिकाको कर्तव्य ज्यान वा वल्तकारका केश भयो भने अर्काे शिर्षकबाट हेरिन्छ  ।

महिला बाल वालिकाकाे वढि केश कस्ताे हुन्छ कि  घरेलु हिन्सा, याेन दुर्व्यवहार , परिवारिक हिन्सा,शारीरिक मानसिक यातना दिने कार्य । 

याे कहाबाट भएको हुन्छ भने घरकाे श्रीमान ,सासू -ससुरा, यस्ता घटना कतिपय मुद्दामा जान्छ कतिपय मिलेर जानू पर्ने खालका घटनाहरुमा त्यही अनुसार गरिन्छ । तर अन्य मुद्वाकाे हकमा आफुले चाहे जस्तो प्रगति हुदैन । 

 महिला तथा वालवालिकाको मुद्वा छलफलमा बढि टुङ्गिने हुदा प्रगति बढि देखिएको छ । 

-मिटर व्याजि बारे के बुझ्नु भएको छ । यसमा पनि  प्रगति भएको देखिएन किन ? 

राैतहटमा २०/२५ वर्ष पहिलेका केश पनि मिटर व्याजिका नाममा आएका छन   । वास्तविक पिडित पनि मिटर व्याजिमा आएका छन । कसैले एक जनाको सम्पत्ति लिएर पाच जनामा ट्रन्सफर गरि सकेका छन । मिटर व्याजिमा मुद्वा हालेर खेत खनजोत गर्न पाईन्छ कि हिसावले पनि मुद्वा आएका छन । यी सवै करालाई हेर्न आएको अनुचित लेनदेनकाे कानुनले  कतिपय पुराना मुद्दा संग मेल खादैन । मुद्वा दर्ता गर्दा पनि पक्राउ पुर्जी आई दिदैन ।यसको आलावा के गर्छाै भने मिलापत्र गराउने छलफल चलाउने । सहज केश छलफल को आधारमा टुगिएका छन ।जुन केस छलफलको आधारमा टुगिदैन केही केश नमिलेर प्रगति कम भएको हो ।

- मिटर व्याजिमा काम गर्न सकिएन जस्तो लाग्दैन ? पन्द्र सय उजुरीमा पैंतालीस जनाको मात्र समाधान हुनु कम भएन ?

कम्तिमा पैंतालीस जनाले त न्याय पायो ।केही कानुनी समस्या होला केही व्यवहारीक समस्या होला । यति जनाले न्याय पाउनु कम चाहि होईन ।हामीले निरन्तर प्रयास गरेका छाै । मुद्वालाई प्राथमिकता निरधारण गरेका छाै । सहज मुद्वा,निवेदक र पिडित आएका मुद्वाहरुलाई छुट्यार छलफल गरि रहेका छाै । 

-तपाईं राैतहट आउन साथ पत्रकार सम्मेलन गरेर तस्करी लगायत सिमानामा हुने अपराध ,जुवातास ,अबैध मदिरा भठ्ठी ताेडने लगायतका प्रतिवद्वता गर्नु भएको थियो । ती सबै विषयमा अझै प्रतिवद्व नै हुनु हुनछ कि कमपरमाईज गरेर काम भई रहेकि छ ? 

मैले परिचयात्मक कार्यक्रममा गरेको प्रतिवद्वता पूरा गरे कि गरेन सय दिने रिपोर्टले नै धेरै कुरा बताएको छ। तपाईले सुन्नु भएका जानकारी लिनु भएका जति कुरा छन  । त्यसबाट पनि अनुमान लगाउन सक्नु हुन्छ । मैले जुन जुन कुरा भने त्यो हिसावले आफुले बढि नै काम गरेको छु जस्तो लाग्दछ । 

आर्थिक प्रलोभनमा नपरेर कुनै दवावमा न परेर निश्पक्ष हिसावले कसैको सिफारिस दलाली वा पञ्चायती नगरिकन । पिडितले न्याय पओस । सेवा पाओस  भने जुन लक्ष्य लिएको थिए । त्यस अनुसार काम गरि रहेकाे छु । पहिले कति भिडभाड हुन्थे जिल्लामा विस्तारै भिडभाड घटदै छन ।कुनै व्यक्तिले न्याय न पाएको गुनासो गर्ने अवस्था छ जस्ताे मलाई लागदैन । मैले हरेक केशमा आफैले ईन्टरेस्ट लिएर सम्बोधन गरि रहेको छु । त्यसको आधारमा मेरो सय दिनलाई समीक्षा गर्ने हो भने बोलेको भन्दा बढि नै गरेको छु जस्तो लाग्द छ । 

-तपाईं आउन  साथ राैतहटमा तस्करी राेकिए अब सरकार परिवर्तन सगै तस्करी खुलाउने भगिरथि प्रयास सुरु भएकोछ।अब तपाईं  तस्करी राेकन सक्नु हुन्छ ? 

सरकार जुनसुकै आएपनि गलत काम गलतै हो । भन्सार छलि चोरी तस्करी ,अपराध -अपराधै हो । 

सरकार परिवर्तन भयो । तस्करीका लाईन खुल्नु पर्छ मैले पनि सुनेको छु । यस्ता कुरा गरेर भ्रम सृजना गरेकाे छ । मैले त हिजोको भन्दा पनि झन कडाईका साथ जानू पर्ने हुन्छ । यहाँ बुझनु पर्ने कुरा के हो भने अपराध सधैं अपराध नै हो । त्यसैले जुनसुकै  सरकार आएपनि जुन पछिल्लो तीन महिनामा हेर्नू भयो त्यही कायम रहन्छ ।  सेटिङ्ग गर्ने तस्करी गर्ने काम हुदैन ।  यसमा सरकार खाेल पनि भन्दैन बन्द गरपनि भन्दैन । यो त आफैमा आपराधको रुपमा व्याख्या भई सकेको विषयलाई कसैले पनि गर भन्दैन ।यसमा कसैले गलत मनसाय लिई न परोस भनि यसै मिडिया मार्पत सबैलाई अनुराेध पनि गर्न चाहन्छु  । 

-तपाईं एक जनालाई अलग राखेर बाकि तस्करी लाईन मिलाएको छ ।  भने सेटिङ्ग भएकोमा के गर्नु हुन्छ ? सधै भरी बन्दुक लिएर बोडरमा  तपाईको ड्युटी त हुदैन ? 

जो चाैकी ईन्चार्ज भएर गएका छन । वहाहरुको आचारसंहिता बनाएका छाै । त्यो आचारसंहितामा सिगनेचर गराएर मात्र चाैकीका ईन्चार्ज दिन्छाै । र म आफै पनि नेपाल सरकारले राज्शव चुहावटमा दिएको कडा निर्देशन अनुसार उनिहरुलाई ब्रिफिङ्ग गरेर पठाएको छु । तैपनि यदाकदा  त्यस्तो गतिविधि भएको सुनियो भने म आफै वा डिएसपी साहेव पार्फत भेरिफाई गरेर समान पक्राउ गर्ने लगाएतका काम निरन्तर रुपमा  गरि नै रहेको छु ।चाैकी ईन्चार्जको संलग्नता देखिए प्रमाणको आधारमा  ठाउका ठाउ कार्वाही गर्ने । प्रमाण देखिएन चाेकी ईन्चार्ज  हेरफेर गर्ने गरेको छु । त्यस्तो किसिमको कुरा आए भने गराउने व्यक्तिलाई म छोडदा पनि छोडदैन । रे को आधारमा प्रहरी चल्दैन । पन्द्र वर्ष पहिलाको नेपाल प्रहरी र हलको नेपाल प्रहरीमा धेरै परिवर्तन भई सकेका छन । प्रहरीमा धेरै परिवर्तन भई सकेको छ । पहिलाको आंखाले होईन नयाँ आखाले नेपाल प्रहरीलाई हेर्न जरुरी छ ।जनतामा जुन प्रहरी प्रतिको धारणा छ त्यो परिवर्तन हुन अझै समय लाग्दछ ।  

Add a new comment