फागुन १२ गते २०८२ --:--:--
मेनु

नेपाल पे बाट क्यूआर भुक्तानी गर्दा १०% क्यासब्याक

मेरो आर्थिक मेरो आर्थिक चैत्र २६ गते २०७९ ८:०६ AM
नेपाल पे बाट क्यूआर भुक्तानी गर्दा १०% क्यासब्याक

अब ग्राहकहरुले नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १०% वा अधिकतम रु १०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । उक्त अफर नेपाल भरी रहेका नेपाल पे क्यूआरका सम्पूर्ण मर्चेन्टहरुमा चैत २६ गते देखि २०८० वैशाख २ गतेसम्म उपलब्ध हुनेछ ।

हाल नेपाल पे क्यूआर को सुविधा अधिकांश बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग र वालेटहरुमा उपलब्ध रहेको छ । नेपालपे क्यूआर बाट भुक्तानी गर्न मोबाइल बैंकिङ्ग वा वालेटको प्रयोगकर्ताले क्यूआर स्क्यान गर्ने अप्सनमा गई नेपाल पे लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ ।

विभिन्न मर्चेन्टहरुमा स्टाटिक क्यूआर, डिपार्ट्मेन्ट स्टोरमा डाइनामिक क्यूआर, इ–कमर्श पोर्टलमा क्यूआर गेटवे तथा पिओएसमा उपलब्ध रहेको नेपाल पे क्यूआर ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग, वालेट वा कनेक्ट आइपिएसबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्छन् । नयाँ वर्ष २०८० मा नेपाल भरी रहेका २ लाख ३५ हजार भन्दा बढी नेपाल पे क्यूआर मर्चेन्टहरुमा लागू गरिएको उक्त अफर मार्फत नगद रहित भुक्तानीलाई थप प्रोत्साहन गर्ने विश्वास गरिएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?