दिगो विकास तथा सुशासन समितिले आन्दोलनरत शिक्षकहरूसँग छलफल गर्ने : Mero Aarthik
असार ४ गते २०८२
ब्रेकिङ न्यूज

दिगो विकास तथा सुशासन समितिले आन्दोलनरत शिक्षकहरूसँग छलफल गर्ने

मेरो आर्थिक मेरो आर्थिक असाेज ६ गते २०८०
SHARES
0

प्रतिनिधि सभामा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमाथि असन्तुष्टि व्यक्त गर्दै आन्दोलनरत शिक्षकहरूसँग संसदीय समितिले छलफल गर्ने भएको छ । राष्ट्रिय सभा अन्तर्गत रहेको दिगो विकास तथा सुशासन समितिले आन्दोलनरत शिक्षकहरूसँग छलफल गर्न लागेको हो ।

आइतबार दिउँसो १ बजे संघीय संसद् सचिवालयको भवन नम्बर २ मा छलफल हुनेछ । विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० प्रति असन्तुष्ट जाहेर गर्दै आन्दोलनरत सरोकारवालाहरूसँग छलफल गर्न लागिएको संसद् सचिवालयले जनाएको छ । 

सरकार र शिक्षक प्रतिनिधिबिचको वार्ता सफल भएको भनिए पनि राहत कोटा अन्तर्गतका शिक्षकहरूले आफ्नो माग सम्बोधन नभएको भन्दै शनिवार पनि आन्दोलन जारी राखेका छन् ।