गगन थापाले सबै पक्षलाई धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न अपिल : Mero Aarthik
असार १८ गते २०८२
ब्रेकिङ न्यूज

गगन थापाले सबै पक्षलाई धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न अपिल

मेरो आर्थिक मेरो आर्थिक असाेज १७ गते २०८०

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सबै पक्षलाई धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन्। उनले नेपाल बहुधार्मिक, बहुसांस्कृतिक, बहुजातीय तथा बहुभाषिक राष्ट्र रहेकाले आफ्नो धार्मिक तथा सांस्कृतिक आस्था अनुसार धर्म र संस्कृति अनुसरण तथा अभ्यास गर्ने स्वतन्त्रतामा कसैले पनि खलल पुर्‍याउन नहुने बताएका छन्।

उनले उत्तेजक र द्वेषपूर्व विचार व्यक्त भएका कारण नेपालगन्जमा कर्फ्यू गर्नुपरेको विषय अत्यन्तै गम्भीर चिन्ताको विषय भएको बताएका छन्। उनले भनेका छन्, ‘धार्मिक, सामाजिक, सांस्कृतिक तथा जातीय सहअस्तित्व, सहिष्णुता तथा सदभाव भड्काएर सामाजिक विद्वेष तथा घृणा फैलाउने कुत्सित अभीष्टले सामाजिक सञ्जालमा भ्रामक, कपोलकल्पित, उत्तेजक र द्वेषपूर्ण विचार व्यक्त गरेको कारणले हिजोदेखि नेपालगञ्जमा कर्फ्यु जारी गर्नु परेको छ, जुन गम्भीर चिन्ताको विषय हो।’

महामन्त्री थापाले ‘हामीहरूको धार्मिक आस्था फरक होला, पाठ गर्ने धार्मिक ग्रन्थ फरक होलान्, प्रार्थना गर्ने मन्त्र फरक होला। तर आफ्नो धर्म, आस्था र प्रार्थना एउटै छ। त्यो हो, मानवतावाद, शान्ति र धार्मिक तथा सांस्कृतिक सहिष्णुता, सदभाव तथा सहअस्तित्व,’ भनेका छन्।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?