एनआईसी एशिया लघुवित्तद्वारा आँखा स्वास्थ्य शिविर सञ्चालन, १२४ जनालाई स्वास्थ्य सेवा प्रदान : Mero Aarthik
असार १९ गते २०८२
ब्रेकिङ न्यूज

एनआईसी एशिया लघुवित्तद्वारा आँखा स्वास्थ्य शिविर सञ्चालन, १२४ जनालाई स्वास्थ्य सेवा प्रदान

मेरो आर्थिक मेरो आर्थिक असार १० गते २०८१

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले वित्तीय सेवाका अलवा सामाजिक उत्तरदायित्व अन्तरगत विविध क्रियाकलापहरु गर्दै आइरहेको छ । यसैबीच संस्थाले असार १ गते, शनिबारका दिन वारा जिल्ला स्थित परवानिपुर शाखामा आँखा स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । गरिब, विपन्न तथा ग्रामिण भेगमा रहेका पहुँच नपुगेका व्यक्तिहरुलाई लक्षित गरी उक्त कार्यक्रम सञ्चालन गरिएको थियो ।

उक्त शिविरमा १२४ जना आँखाका समस्या भएका विरामीहरुलाई स्वास्थ्य सेवा प्रदान गरिएको थियो । निःशुल्क चेक जाँच, निःशुल्क औषधि वितरण तथा निःशुल्क मोति विन्दुका शल्यक्रिया सेवा प्रदान गरिएको थियो ।

इटहरी नगरपालिका वडा नं ९ रजिष्टार्ड कार्यालय तथा बनेपा नगरपालिका वडा नं ८, बनेपामा कर्पोरेट कार्यालय रही देशका ७४ जिल्लामा २८७ शाखा कार्यालय मार्फत यस संस्थाले आर्थिक, सामाजिक र भौगोलिक रुपले पिछडिएका निम्न वर्गीय जनताहरु विशेष गरी ग्रामीण महिलाहरुलाई लक्षित गरी एक अग्रणी लघुवित्तको रुपमा विगत १० वर्षदेखि वित्तीय सेवाको पहुँच पु¥याउँदै आइरहेको छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?