फागुन १३ गते २०८२ --:--:--
मेनु

विद्यार्थीको रुची, क्षमता अनुसारको जानकारी दिने ‘करिअर काउन्सिलिङ’ वेबसाइट सार्वजनिक

मेरो आर्थिक मेरो आर्थिक असार १९ गते २०८१ ३:२८ PM
विद्यार्थीको रुची, क्षमता अनुसारको जानकारी दिने ‘करिअर काउन्सिलिङ’ वेबसाइट सार्वजनिक
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 95

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘करिअर काउन्सिलिङ’ वेबसाइट सार्वजनिक गरेको छ । मन्त्रालयले वेबसाइट मार्फत विद्यार्थीको रुची, क्षमता अनुसारको पेशा तथा व्यावसाय बारे जानकारी दिने जनाएको हो ।

जीवनमा के बन्ने, के पढ्ने, कस्तो पेशा छनोट गर्ने भन्ने अन्योलमा रहेका विद्यार्थीलाई वेबसाइट मार्फत सहजीकरण गर्ने मन्त्रालयको भनाइ छ । वेबसाइटमा विद्यार्थी, अभिभावक, शिक्षक र स्थानीय तहका लागि आवश्यक जानकारी राखिएको छ । वेबसाइटमा गएर विद्यार्थीहरूले आफ्नो रुची अनुसार पेशाबारे सूचना र सहायता लिन सक्ने शिक्षा मन्त्री सुमना श्रेष्ठको सचिवालयको दाबी छ । विद्यार्थीले पाउने छात्रवृत्तिका विषयमा तथा उच्च एवं प्राविधिक शिक्षाका विषयमा आवश्यक जानकारी वेबसाइटमा राखिनुका साथै सरकारका विभिन्न निकायबाट विद्यार्थीका लागि प्राप्त हुने सूचना एकैठाँउबाट सार्वजनिक हुने भएको छ ।
शिक्षा मन्त्री श्रेष्ठ भन्छिन् ‘यो वेबसाइटले विद्यार्थीलाई आफ्नो रुचि अनुसारको शिक्षा छनोट गर्न, छात्रवृत्तिका अवसर पत्ता लगाउन, विभिन्न पेशाबारे थाहा दिन मद्दत गर्नेछ ।’ विद्यार्थीले आफ्नो वृत्ति मार्ग निर्धारण गर्न समाजका अशल र सफल पात्रहरूका प्रेरणाका कथाहरू पनि वेबसाइटमा हेर्न र पढ्न सक्नेछन् । साथै वेबसाइटमा राखिएको प्रश्नावलीमा सहभागी भई ‘करियर असेसमेन्ट’ मार्फत विद्यार्थीहरूले आफ्नो क्षमता जाँच गरेर वृत्ति सुझाव प्राप्त गर्न सक्नेछन् । वेबसाइटमा पेशा र रोजगारीका लागि जानकारी पाइने ईलर्निङका वेबसाइटहरु पनि राखिएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?