कर्जा असार महिना भित्रमा चुक्ता गरेमा ३५ प्रतिशत सम्म छुट पाउने : Mero Aarthik
असार १८ गते २०८२
ब्रेकिङ न्यूज

कर्जा असार महिना भित्रमा चुक्ता गरेमा ३५ प्रतिशत सम्म छुट पाउने

मेरो आर्थिक मेरो आर्थिक असार २७ गते २०८१

एनआईसी एशिया बैंकले कर्जा ग्राहकहरुलाई छुट प्रदान गरेको छ । देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न बैंकले कर्जामा छुट प्रदान गरेको हो ।

२०८० चैत्र मसान्तसम्ममा भाखा नाघेका कर्जाहरुको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ असार महिना भित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण वक्यौता ब्याज रकममा समेत छुट प्रदान गर्ने बैंकले जनाएको छ । बैंकले भाखा नाघेको ९१ दिनदेखि १८० दिनमा चुक्ता भुक्तान गरेमा साधारण ब्याज रकममा १५ प्रतिशत, १८१ दिनदेखि ३६५ दिनमा २५ प्रतिशत र ३६५ दिनभन्दा बढि भएमा ३५ प्रतिशत छुट पाउने योजना ल्याएको हो ।

‘मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालु पुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा पर्नु भएका ग्राहक महानुभावहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्नुहुनेछ।’ बैंकले जनाए ।

बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकहरूको वित्तीय भार कम गर्न मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दिगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?