Skip to content
logo
मंसिर २९ गते २०८१ समयः

चाडपर्वलाई लक्षित गर्दै राष्ट्रिय बाणिज्य बैंकको ‘लोन फेष्टिभ अफर योजना’ सार्वजनिक

मेरो आर्थिक
मेरो आर्थिक
भाद्र ६ गते २०८१
चाडपर्वलाई लक्षित गर्दै राष्ट्रिय बाणिज्य बैंकको ‘लोन फेष्टिभ अफर योजना’ सार्वजनिक

मेरो आर्थिक ६ भदौ, काठमाडौं । नजिकिदै गरेको २०८१ सालको चाडपर्वलाई लक्षित गर्दै राष्ट्रिय बाणिज्य बैंकले 'लोन फेष्टिभ अफर योजना' सार्वजनिक गरेको छ । भेहिकल लोन लिन चाहने सबैलाई लक्षित गर्दै उक्त योजना ल्याएको हो ।
राष्ट्रिय बाणिज्य बैंकले सार्वजनिक गरेको 'आरवीवी भेहिकल लोन फेष्टिभ अफर योजना' अन्तर्गत बैंकले ऋणीलाई ७.७७ प्रतिशत ब्याजदरमा कर्जा दिने भएको छ । यो योजना यहि २०८१ भाद्र १ गतेदेखि २०८१ कार्तिक मसान्तसम्मको लागि मात्र रहने बैंकले जनाएको छ ।

यो योजनामा बैंकले स्थिर ब्याज प्रणाली लागु गर्दै ऋणीलाई आरवीवी भेहिकल लोन लिँदा ७ वर्षसम्म ७.७७ प्रतिशत स्थिर ब्याज तथा ०.५ प्रतिशत ऋणी प्रोसेजिङ फिमा लोन लिन सकिने ब्यवस्था गरेको जनाएको छ ।

विस्तृत जानकारीका लागि नजिकको राष्ट्रिय वाणिज्य बैंकको शाखामा सम्पर्क गर्नु पनि बैंकले अनुरोध गरेको छ । बैंकले सर्वसाधारणको हितको लागि आरवीवी भेहिकल लोन फेष्टिभ अफर योजना लगायतका बिभिन्न योजनाहरु बचत तथा ऋणमा समय–समयमा प्रदान गर्दै आइरहेको छ ।

Add a new comment