डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई प्रत्येक शनिबार बिग मार्टमा १० प्रतिशत छुट : Mero Aarthik
असार १६ गते २०८२
ब्रेकिङ न्यूज

डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई प्रत्येक शनिबार बिग मार्टमा १० प्रतिशत छुट

मेरो आर्थिक मेरो आर्थिक असाेज ५ गते २०८१

ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई प्रत्येक शनिबार बिग मार्टमा आफुलाई आवश्यक समान खरिदकाे भुक्तानीमा १० प्रतिशत छुट प्रदान गर्ने भएको छ ।

बैंकको डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई लाभान्वित गर्ने गरी बैंकले बिगमार्टसंग सहकार्य गरी बिगमार्टका सम्पूर्ण स्टोरहरुमा १०% वा अधिकतम २०० सम्म छुट योजना ल्याएको छ । उक्त छुट योजना हरेक शनिबारका दिनमात्र लागू हुनेछ ।

ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ–संस्थाहरुसँग समन्वय गरी यस्ता किसिमका योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंककाे देशरभमा ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढी सेवा केन्द्रहरू रहेका छन् ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?