प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किंदै : Mero Aarthik
जेठ २९ गते २०८२
ब्रेकिङ न्यूज

प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किंदै

मेरो आर्थिक मेरो आर्थिक असाेज १४ गते २०८१

प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमण पूरा गरी आज स्वदेश फर्किंदै छन् । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री ओली असोज ४ गते न्युयोर्क गएका थिए ।

ओलीले असोज १० गते महासभालाई सम्बोधन गरेका थिए । न्युयोर्कमा रहँदा उनले धेरै राष्ट्रहरुका प्रमुखहरुसँग समेत साइडलाइन वार्ता गरेका थिए । उनी आज अपराह्न चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ ।

उनी आइतबार अमेरिकाबाट  कतारको दोहाका लागि प्रस्थान गरेका छन् । उनी दोहा हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने छन् ।

सम्बोधनपछि केही भेटघाट र अन्तर्क्रियामा रहेका ओली बाढी पहिरोका बिच पनि स्वदेश फर्किन हतार नगरेको भन्दै आलोचना समेत भएको थियो । उनी पूर्वनिर्धारित कार्यक्रम अनुसार नै स्वदेश फर्किन लागेका हुन् ।