पेट्रोलियम पदार्थहरूको मूल्य समायोजन, सोमबार राति १२ बजेदेखि लागू हुने : Mero Aarthik
असार ३० गते २०८२
ब्रेकिङ न्यूज

पेट्रोलियम पदार्थहरूको मूल्य समायोजन, सोमबार राति १२ बजेदेखि लागू हुने

मेरो आर्थिक मेरो आर्थिक असाेज १५ गते २०८१

नेपाल आयल निगमले पेट्रोलियम पदार्थहरूको मूल्य समायोजन गरेको छ । निगमले पेट्रोल, डिजेल/मट्टितेल र हवाई इन्धनको मूल्य घटाएर पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो ।

पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले कमी गरिएको निगमले जानकारी दिएको छ । निगमका अनुसार हवाई इन्धनमा भने आन्तरिक उडानतर्फ प्रतिलिटर ६ रुपैयाँ र बाह्य उडानतर्फ प्रति किलो लिटर ४५ रुपैयाँले मूल्य घटाइएको हो ।

एलपी ग्याँसको मूल्य भारतबाट नेपाली ४१ रुपैयाँ बढेर आए पनि चाडपर्वलाई लक्षित गरी यथावत् राखिएको निगमको भनाई छ । निगमले इन्धनको मूल्य घटेसँगै चाडबाडको मुखमा उपभोक्ताले राहत महसुस गर्ने विश्वास लिएको छ ।

मूल्य घटेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५५ र डिजेल र मट्टितेल १४६ रुपैयाँ कायम भएको छ ।

त्यस्तै सुर्खेत र दाङमा पेट्रोलको मूल्य १५७ र डिजेल तथा मट्टितेल १४६ रुपैयाँ कायम भएको छ । काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य १५८ रुपैयाँ र डिजले तथा मट्टितेलको मूल्य १४७ प्रतिलिटर कायम भएको छ ।

आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर १२६ कायम भएको छ । अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकिलोलिटर ९६० अमेरिकी डलर र पोखरा तथा भैरहवामा ८६० रुपैयाँ प्रतिलिटर कायम गरिएको आयल निगमले जनाएको छ ।

आयल निगमले पर्वका बेला इन्धन आपूर्तिमा कुनै समस्या नहुने पनि जानकारी गराएको छ । समायोजन गरेको मूल्य सोमबार राति १२ बजेदेखि मात्र लागू हुनेछ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?