Skip to content
logo
मंसिर ६ गते २०८१ समयः

बिबादित डेडिकेटेड र ट्रंक लाइन: नेपाल बिद्युत प्राधिकरणद्वारा उद्योगहरुको लाइन काट्न शुरु

मेरो आर्थिक
मेरो आर्थिक
कार्तिक ९ गते २०८१
बिबादित डेडिकेटेड र ट्रंक लाइन: नेपाल बिद्युत प्राधिकरणद्वारा उद्योगहरुको लाइन काट्न शुरु

काठमाडौं । लामो समय देखि चर्केको बिबादित डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल बिद्युत प्राधिकरणले उद्योगहरुको लाइन काट्न शुरु गरेको छ । गत बिहीवार साँझ ८ बजेबाट विभिन्न उद्योगहरुको लाइन काट्न थालिएको हो ।

यो समाचार तयार पार्दा सम्म अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स, गोयन्का फुड्स, कसमस सिमेन्ट तथा बाबा जुट मिलको लाइन काटिएको छ । साथै, जगदम्बा स्टिल, हुलास स्टिल, अशोक स्टिल र हामा आइरनको लाइनसमेत काटिएको प्राधिकरणको सिमरा वितरण केन्द्रका एक कर्मचारीले बताए ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले गत बिहीवार साँझमा उर्जा मन्त्री दिपक खड्कासँग भेटेर लाइन नकाट्ने हो भने मन्त्रीपरिषद्ले निर्णय गरिदिनुपर्ने बताएका थिए । मन्त्रिपरिषद् बैठकमा कुलमानले गरेको प्रस्तावको बारेमा छलफल भए पनि कुनै निर्णय भएको थिएन । त्यस लगत्तै उनले लाइन काट्न शुरु गरेका हुन् । थप उद्योगको पनि लाइन काटिएको हुनसक्ने र रातको समय भएकाले जानकारी नआएको हुनसक्ने बताईएको छ ।
गत २४ असोजमा एक सूचना प्रकाशित गर्दै प्राधिकरणले बक्यौता महसुल भुक्तानी गर्न भन्दै ८ कात्तिक सम्मको म्याद दिएको थियो । तर, प्राधिकरणले बिल दिएको तर बिद्युत प्रयोगको प्रमाण नपाएको भन्दै सो बक्यौता नतिर्ने अडानमा उद्योगीहरु रहेका छन् ।
यता सर्वसाधारण, केही पार्टीका कार्यकर्ताहरु लगायत देश बिदेशमा रहेका नेपालीहरु भने उद्योगीको यो अडानको बिपरित रहेका छन् ।

Add a new comment