फागुन १४ गते २०८२ --:--:--
मेनु

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

मेरो आर्थिक मेरो आर्थिक मंसिर १२ गते २०८१ ६:५३ AM
धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
काठमाडौँ, ११ मङ्सिर : धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष श्रेष्ठ शपथ ग्रहण उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडैल समक्ष मङ्गलबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै । तस्बिर सौजन्य : अर्थमन्त्रीको सचिवालय/रासस

काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडैलले अध्यक्ष श्रेष्ठलाई शपथ ग्रहण गराएका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्ष बनाउने निर्णय गरेको थियो । कार्यक्रममा अर्थमन्त्री पौडेलले सरकारले कानुनसम्मत ढङ्गले खुलारूपमा प्रतिस्पर्धाको विधि अवलम्बन गरेर धितोपत्र बोर्डको अध्यक्ष छनोट गरेको बताउँदै पुँजी बजारका क्षेत्रमा रहेका यावत समस्यालाई संस्थागत रूपमा सम्बोधन गर्ने विश्वास व्यक्त गरे।

उनले पुँजी बजारको व्यवस्थित विकासका लागि अध्यक्षले गतिशील ढङ्गले काम गर्ने विश्वास व्यक्त गरे। अर्थमन्त्री पौडेलले अध्यक्षले राम्रा काम र नतिजाद्वारा सबै आशङ्कालाई चिर्दै पुँजी बजारको विकासमा महत्त्वपूर्ण योगदान दिन निष्ठापूर्वक र योग्यतापूर्वक काम गर्ने आशा व्यक्त गरे।

नवनियुक्त अध्यक्ष श्रेष्ठले प्राथमिकताका आधारमा काम गर्ने र पुँजी बजारमा रहेका समस्यालाई अवसरका रूपमा बदल्ने प्रतिबद्धता व्यक्त गरे ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?