Skip to content
logo
वैशाख ४ गते २०८२ समयः

कुलमान घिसिङ बर्खास्त, कार्यकारी निर्देशकमा शाक्य नियुक्त, सामाजिक सञ्जालमा सरकारको आलोचना

मेरो आर्थिक
मेरो आर्थिक
चैत्र १२ गते २०८१
कुलमान घिसिङ बर्खास्त, कार्यकारी निर्देशकमा शाक्य नियुक्त, सामाजिक सञ्जालमा सरकारको आलोचना

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको हो । केपी शर्मा ओलीको नेतृत्वमा बसेको सरकारले सुरुदेखि नै घिसिङलाई पदबाट हटाउन खोजिरहेको थियो । यसका लागि पटक–पटक स्पष्टीष्करणसमेत सोधिएको थियो ।

विशेष गरी उद्योगीहरुले तिर्नुपर्ने करोडौं बक्यौता रकम उठाउन खोज्दा घिसिङविरुद्ध सरकार र उद्योगीहरु एकमुख भएर लागेका थिए । पछिल्लो समय हिउँदयाममा विद्युत आपूर्ति कम हुँदा घिसिङले उद्योगहरुमा राति विद्युत आपूर्ति घटाएर सर्वसाधारणलाई लोडसेडिङबाट जोगाएका थिए ।

कुलमानले आफू बर्खास्त भएकै दिन मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको खैराङ दुर्गम बस्तीका ९ वटै वडाका चेपाङसहित अन्य समुदायको घरमा बिजुली बाल्ने कार्यक्रमको उद्घाटन गरेका lyP . नेपाल विद्युत् प्राधिकरणको चेपाङलाई बिजुली कार्यक्रम अन्तर्गत राक्सिराङ गाउँपालिकाको सबै वडामा विद्युतियकरण घोषणा गरेपछि कुलमानको उपस्थितिमा उद्घाटन कार्यक्रम गरिएको थियो।

सरकारले आफूलाई बर्खास्त गर्दागर्दै घिसिङले राक्सिराङ गाउँपालिका–९ खैराङमा रहेको ट्रान्समिटरको ‘स्विच अन’ गरेर विकट र गरिब खैराङ बस्तीलाई झलमल्ल बनाएका हुन्। कुलमानले राक्सिराङ–९ खैराङकी ७० वर्षीय तुलकुमारी चेपाङको घरको मिटर अन गरेर कार्यक्रम उद्घाटन गरेका थिए।

कुnमानको कामले उनी दंग थिइन। तुलकुमारीसँगै गाउँका टेकबहादुर थिङ, नेमबहादुर लामा र वीरमान थिङले जीवनकै पहिलो खुशी पाएका थिए। बिजुली बत्ती आफ्नै घरमा देख्दा उनीहरु खुशी भएका हुन्।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। उर्जा मन्त्रालयको सिफारिशमा शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको एक मन्त्रीले जानकारी दिए । सामाजिक सञ्जालमा सरकारको आलोचना अत्याधिक रुपमा आएको छ । गठबन्धन भित्रैबाट पनि सरकारले आलोचना भोगिरहनु परेको छ ।

Add a new comment