हेलो सरकारको वेबसाइट ह्याक, सुचारु गर्न प्रयास जारी


प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको हेलो सरकारको वेबसाइट बुधबार दिउँसो १२ बजे नै ह्याक भएको पाइएको छ । रुसी ह्याकर समूहले उक्त वेबसाइट ह्याक गरेको बताइएको हो ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार हाल प्राविधिक टिमले डाटा ब्याकअप गर्ने काम गरिरहेको छ । प्राविधिक टिमले ८ दिन अगाडिसम्मको डेटा ब्याकअप भएको जानकारी दिएको छ । ह्याकर समूह (घुद्रा) ले आफ्नो सन्देशसहित वेबसाइट ह्याक गरेको सन्देश छाडेको बताइएको छ ।
जसमा नेपाल सरकारले आफूहरुसँग सम्पर्क गर्न अस्वीकार गरेकाले सुरक्षा डेटा बिक्री गर्न बाध्य भएको उल्लेख थियो । यो समाचार तयार पार्दासम्म पनि वेबसाइट 504 server error देखाउँछ । वेबसाइट सुचारु हुन सकेको छैन ।