सूनको मुल्यमा नयाँ रेकर्ड कायम, अझै बढ्न सक्ने आँकलन : Mero Aarthik
असार १९ गते २०८२
ब्रेकिङ न्यूज

सूनको मुल्यमा नयाँ रेकर्ड कायम, अझै बढ्न सक्ने आँकलन

मेरो आर्थिक मेरो आर्थिक चैत्र १४ गते २०८१

शुक्रबार मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७६ हजार २ रुपैयाँ पुगेको छ ।

सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि चैत ७ गते १ लाख ७६ हजार रुपैयाँको उच्च मूल्य रेकर्ड बनेको थियो । त्यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ ।

अघिल्लो दिन प्रतितोला २ हजार २० रुपैयाँ रहेको चाँदी आज २ हजार ४० रुपैयाँ पुगेको छ । सूनको मुल्य अझै बढ्न सक्ने आँकलन छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?