जेठ १९ गते उपत्यका बन्द गर्ने राजावादीको घोषणा : Mero Aarthik
असार ४ गते २०८२
ब्रेकिङ न्यूज

जेठ १९ गते उपत्यका बन्द गर्ने राजावादीको घोषणा

मेरो आर्थिक मेरो आर्थिक जेठ १८ गते २०८२
SHARES
0

राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले एक विज्ञप्ति जारी गर्दै भोलि उपत्यका बन्दको घोषणा गरेका छन । राजावादी समूहले भोलि (जेठ १९ गते) काठमाडौं उपत्यका बन्द गर्ने घोषणा गरेका हुन ।

‘सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएका छौं । यसै क्रममा भोलि जेठ १९ गते हामीले उपत्यका बन्दको घोषणा गरेका छौं,’ सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उपत्यका बन्दको क्रममा आ–आफ्नो टोल र चोकमा बसेर सक्रिय भूमिका निर्वाह गर्न आन्दोलनमा सहभागीहरूलाई विज्ञप्ति मार्फत आह्वान गरिएको छ ।