कबयत्री प्रकृति देवकोटाको कबिता संग्रह “प्रकृति बाग” सार्वजनिक : Mero Aarthik
असार १६ गते २०८२
ब्रेकिङ न्यूज

कबयत्री प्रकृति देवकोटाको कबिता संग्रह “प्रकृति बाग” सार्वजनिक

मेरो आर्थिक मेरो आर्थिक पौष ४ गते २०८०

एड प्रो मिडियाले आफ्नो स्थापनाको तेस्रो वर्ष प्रवेश गरेको अवसर पारी फेसबुक ग्रुप मार्फत सामाजिक कार्यमा क्रियाशिल समूह “रमाइलो सेवा समूह” सँग सहकार्य गरी मनाएको छ । कार्यक्रम पोलर स्टार मा.बि. रत्ननगर, चितवनमा सम्पन्न भएको होे ।

एड प्रो मिडिया र समाइलो सेवा समूहको सहकार्यमा अपांङ्गहरु पनि सपाङ्ग सरह जिवन जिउन सक्छन् भन्ने उद्देश्यले पुर्वी चितवन रत्ननगर निवासी शारिरीक रुपमा अशक्त कबयत्री प्रकृति देवकोटाद्धारा लेखिएको कबिता संग्रह “प्रकृति बाग” नामक पुस्तक १०० थान प्रकाशन गरी मिति २०८० पौष १ गते देवकोटाको जन्मदिनको अवसर पारी विमोचन गरिएको हो । कार्यक्रममा रमाइलो सेवा समूहका प्रतिनिधिहरु, एड प्रो मिडियाका प्रतिनिधिहरु तथा अन्य दिग्गज ब्यक्तित्वहरु, शिक्षक विद्यार्थी, कवयत्री प्रकृति देवकोटा, कृष्ण तिम्सिना र साहित्य प्रेमीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा रमाइलो सेवा समूहका अध्यक्ष पुष्पलाल भट्राईले आगामी दिनमा पनि यस्तै परोपकारी कार्यहरु गर्दै जाने र बहिनीको आगामी दिनहरु साहित्य सृजनामा थप केन्द्रीत बन्दै जानेमा रमाइलो सेवा समूह परिवार आशावादी रहेको बताउनु भयो । प्रबन्ध संचालक झलनाथ खतिवडाले रमाइलो सेवा समूहसँग जोडिएर सामाजिक कार्यमा सहभागी भई आफ्नो वार्षिकोत्सव मनाउन पाउँदा एड प्रो मिडिया परिवार गौरवान्वित भएका छौं र आगामी दिनहरुमा पनि यस्ता खालका सामाजिक कार्यमा सधै अग्रसर भई अगाडि बढ्ने बताउनु भयो ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?