Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

विन्देश्वरी आधारभुत विद्यालयका विपन्न  विद्यार्थीलाई न्यानो कपडा वितरण

मेरो आर्थिक
मेरो आर्थिक
पौष १२ गते २०८०
विन्देश्वरी आधारभुत विद्यालयका विपन्न  विद्यार्थीलाई न्यानो कपडा वितरण

पुर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्वर १५ मा अवस्थित विन्देश्वरी आधारभुत विद्यालयका विपन्न  विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । शुक्रबार विन्देश्वरी टोल विकास संस्थाद्वारा आयोजित एक कार्यक्रम विच टोल विकास संस्थाका अध्यक्ष ज्ञान बहादुर थिङ्गले सो सहयोग हस्तान्तरण गरेका थिए।

विन्देश्वरी टोल विकास संस्थाले देउसी भैलोबाट संकलित रकम सो विद्यालयमा आश्रीत सिमान्तकृत चेपाङ्ग समुदायका १२० जना विद्यार्थीहरुलाई  न्यानो कपडा वितरण गरेको हो। त्यस्तै,संस्थाले देउसी भैलो बाट संकलित रकम वाट नै टोलका मुख्य चोकहरुमा भ्यापर लाईट राख्नुका साथै टोलमा रहेका बत्तिका पोलहरुमा संस्थाको नाम समेत लेखेको छ।

वडाध्यक्ष आसिक तामाङ्गको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा विन्देश्वरी टोल विकास संस्थाका अध्यक्ष टोल अध्यक्ष ज्ञान बहादुर थिङ्ग सभाध्यक्षको रुपमा रहेका थिए।

कार्यक्रममा विशिष्ट अतिथीको रुपमा वडा सचिव सुर्य प्रसाद ढुंगाना रहेका थिए। त्यस्तै,सोहि कार्यक्रममा विव्यस अध्यक्ष पुरुषोतम कट्टेल, वडा सदस्य शिव प्रसाद तिवारी,ईम प्रसाद पन्त ,लिला देवि पोख्रेल ,हिमचुली टोल विकास संस्थाका अध्यक्ष बाबुराम ढकाल,दिग्दर्शन टोलका अध्यक्ष ईश्वरी नेपाल,राम जानकी टोल बिकास संस्थाका अध्यक्ष योगेन्द्र लामिछाने ,ईन्द्रेणी कृषक समूहका अध्यक्ष आईतराम स्याङ्तान,विव्यस सदस्य कोपिला पौडेल,प्रधानाध्यापक हरि प्रसाद खनाल लगायत अतिथिको रुपमा रहेका थिए।

संस्थाका उपाध्यक्ष भोजराज रेग्मीले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रम दिपक भट्टराईले संचालन गर्नुभएको थियो त्यस्तै, सोही कार्यक्रममा विन्देश्वरी टोल विकास संस्थाका खेलाडिहरुलाई सम्मान समेत गरिएको छ।  टोल स्तरिय माधवपुर नक आउट फुटबल प्रतियोगितामा दोश्रो स्थान प्राप्त गर्न सफल खेलाडिहरुलाई सो कार्यक्रममा सम्मान गरिएको हो। 

Add a new comment