Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

भिमोदयका पुर्व शिक्षक पाण्डे स्वर्णमहोत्सवमा सम्मानित

मेरो आर्थिक
मेरो आर्थिक
पौष १२ गते २०८०
भिमोदयका पुर्व शिक्षक पाण्डे स्वर्णमहोत्सवमा सम्मानित

कालिका,पौष ११- चितवनको कालिका नगरपालिका वडा नम्वर-५ पदमपुरमा अवस्थित भीमोदय नमुना माध्यमिक विद्यालयमा जारी स्वर्णमहोत्सवमा विद्यालयका पुर्व शिक्षक केशव राज पाण्डे सम्मानित भएका छन।

बुधबार विद्यालयमा स्वर्णमहोत्सव अन्तर्गतको एक कार्यक्रम बिच पाण्डे सहित विद्यालयमा विभिन्न समयमा योगदान दिने ५०७ जना सम्मानित भएका हुन।

कार्यक्रममा पुर्व अक्षयकोष दाता ७ जना, पुर्व शिक्षक १०६ जना, पुर्व विद्यालय व्यवस्थापन समिति सदस्य ३७ जना, पुर्व विद्यालय कर्मचारी ७ जना र २५००० सम्म सहयोग प्रदान गर्नुहुने ३५० जना गरि ५०७ जना सम्मानित भएका छन।

वि.सं २०२४ सालमा गोरखाको श्रीनाथकोट गोहोरेमा जन्मिएका पाण्डे बुवा कपिल देब पान्डे र देव कुमारी पाण्डेको एक्लो सन्तान हुन ।

वि.सं २०४४ सालमा गोरखाको बोर्लाङ्गस्थित जागेश्वर निमाविमा  अंग्रेजी विषय पढाउन शुरु गरेका पाण्डे क्रमश गोरखाको जलकन्या देवि मावी,जनकल्याण मावी गोहोरे हुँदै वि.सं     चितवनको रत्ननगर नगरपालिका वडा नम्वर १३ जयमंगला स्थित पन्चकन्या मावीमा सरुवा भइ क्रमश ज्ञानमार्ग मावी,घ्यालचोक गोरखा हुँदै चितवनको कालिका-५ मा अवस्थित भिमोदय नमुना माध्यमिक विद्यालयमा मावी तहमा अंग्रेजी शिक्षकको रुपमा कार्यरत थिए। विद्यालयमा रहँदा प्रभावकारी शिक्षण,मिलनसार व्यवहार,उर्जाशिल एवं सृजनात्मक कृयाकलाप गरेका पाण्डेको चौतर्फी रुपमा प्रशंसा रहेको छ।

त्यससँगै,शिक्षक पाण्डे चितवनको रत्ननगर नगरपालिका वडा नम्वर-१४ मा अवस्थित जनदय माध्यमिक विद्यालयको सहायक प्रधानाध्यापक पदमा कार्यरत थिए। हाल अवकास जीवन व्यतित गरिरहेका शिक्षण पाण्डे सामाजिक एवं राजनैतिक क्षेत्रमा सकृय रहदै आएका छन।

बुबा कपिल देव पाण्डे वि.सं २०१८ सालमा नेपालि काँग्रेसको  ससस्त्र आन्दोलनमा सकृय भुमिका निर्वाह गरेका प्रजातन्त्र सेनानि भएका कारण सानैबाट उनमा नेपालि काङ्ग्रेस पार्टि प्रति झुकाव रहेतापनी शिक्षण अवधीभर सकृय भुमिका भने निर्वाह गरेनन।

Add a new comment