Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

नेपालको रोटरी क्लबका प्रशिक्षकहरुलाई प्रशिक्षण सुरु

मेरो आर्थिक
मेरो आर्थिक
पौष १४ गते २०८०
नेपालको रोटरी क्लबका प्रशिक्षकहरुलाई प्रशिक्षण सुरु

रोटरी डिस्ट्रिक्ट ३२९२, नेपाल-भुटानमा आबद्ध नेपालभरका प्रशिक्षक रोटरियनहरुलाई सिन्धुलीको मुलकोटमा प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।

नेपालभरका रोटरी क्लबहरुमा आबद्ध प्रशिक्षकहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको रोटरी डिस्ट्रिक्ट ३२९२ को प्रशिक्षण समितिका सह-अध्यक्ष बिष्णुहरि दाहालले बताए ।

शुक्रबार र शनिवार चल्ने प्रशिक्षणलाई रोटरीका प्रमुख प्रशिक्षकहरु जयन्द्र रिमाल, लक्ष्मण ज्ञवाली, सञ्जय गिरी, दिलेन्द्रराज श्रेष्ठ, जितेन्द्रबहादुर राजभण्डारी र सन्तोष रिजालले प्रशिक्षण दिनेछन् । यसैगरी, प्रशिक्षणकै दौरान आयोजित प्यानल छलफलमा प्यानलिस्टहरु डिस्ट्रिक्ट गभर्नर राजेन्द्रप्रसाद ध्वजू, डिस्ट्रिक्ट गभर्नर (इलेक्टेड) राजेन्द्रमान शेरचन र डिस्ट्रिक्ट गभर्नर (नोमिनी) बिनोद कोइराला रहेका छन् ।

प्रशिक्षण कार्यक्रममा विभिन्न रोटरी क्लबका ७५ जना सहभागी छन् । रोटरियनहरु बिष्णुहरि दाहाल, अशोकमान कपाली र अशोक प्याकुरेलले कार्यक्रमको सहजीकरण गरेका छन् । ‘स्वार्थभन्दा माथि सेवा’ भन्ने भावकासाथ सामाजिक सेवामा कार्यरत रोटरी अभियान नेपालमा सन् १९५९ मा सुरु भएको हो । हाल रोटरी डिस्ट्रिक्ट ३२९२ मातहत १५४ क्लबमा ५ हजार ५४२ जना सदस्य आबद्ध छन् ।

Add a new comment