फागुन १२ गते २०८२ --:--:--
मेनु

गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्डको आवेदन खुल्ला

मेरो आर्थिक मेरो आर्थिक माघ २ गते २०८० ८:४८ AM
गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्डको आवेदन खुल्ला

गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्डको आवेदन खुल्ला नेपाल एक्टिभ प्रोडक्सन प्रा.लि. ले पहिलोपटक गर्न लागेको गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्ड–२०२४ को आवेदन फारम खुल्ला भएको छ।

आयोजकका फारम भर्न गीतको नाम वा युट्युब लिंक,सम्बन्धित व्यक्तिको सम्पर्क नम्बर आवश्यक पर्नेछ। २०७९ सालदेखि २०८० पौष १५ भित्र उत्पादन भएका विभिन्न नेपाली गीत संगीत र फिल्मले अवार्डमा भाग लिन पाउने आयोजकले जनाएको छ ।

गीत संगीत र कलाकारको प्रोत्साहनका लागि यो अवार्ड कार्यक्रमको आयोजना गरिएको नेपाल एक्टिभ प्रोडक्सन प्रा.लि. का निर्देशक सुर्य मम्बा तामाङले बताएका छन् । यस्तै नेपाली गीत संगीतको संरक्षण र सम्बर्द्धनका साथै कलाकारहरुको मनोबललाई उच्च बनाउन कार्यक्रमको आयोजना गरिएको तामाङले बताए ।

यसैगरी सांगीतिक क्षेत्रमा क्रियाशील व्यक्तित्व र कामको मूल्याङ्कन र उनीहरूको कामलाई अझै हौसला प्रदान गर्न कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोकले जनाएको छ । आधुनिक, लोक, पप, लोकदोहोरी, राष्ट्रिय भाव, भाषाभाषी, भेग विशेष, चलचित्र, पर्वजस्ता विभिन्न विधा अवार्डमा समावेश गरिने छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?