Skip to content
logo
वैशाख ४ गते २०८२ समयः

ठूलो धार्मिक आस्था रहेको स्वस्थानी व्रत तथा माघ स्थान आजबाट शुरु

मेरो आर्थिक
मेरो आर्थिक
माघ ११ गते २०८०
ठूलो धार्मिक आस्था रहेको स्वस्थानी व्रत तथा माघ स्थान आजबाट शुरु

काठमाडौँ , माघ ११ । हिन्दु धर्म प्रथा अनुसार प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत र माघ स्नान आजदेखि विधिवत् रूपमा सुरु भएको छ । 

भक्तपुरको हनुमानघाटमा माघ महिनामा आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास रहेकोले आजदेखि एक महिनासम्म उक्त स्थानमा स्नान गर्ने भक्तजनको घुइचो देख्न सकिनेछ ।

पौष शुक्ल चतुर्दशीको दिन हातगोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ ।त्यसपछि बिहान माघ स्नान, नित्य, मध्याह्नकालमा महादेवको पूजा, बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ महात्म्यको कुमार अगस्त्यबिच संवाद भएको स्वस्थानी व्रतकथा सुन्ने–सुनाउने गरिन्छ ।

नेपाली परम्परामा स्वस्तानी व्रतकथाको ठूलो महत्व रहेको छ ।

Add a new comment