भक्तपुरमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु एक घाइते : Mero Aarthik
असार १९ गते २०८२
ब्रेकिङ न्यूज

भक्तपुरमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु एक घाइते

मेरो आर्थिक मेरो आर्थिक माघ १७ गते २०८०

भक्तपुरमा मोटरसाइकलले रोकिराखेको कारलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भक्तपुर सूर्यविनायक नगरपालिका–२ का २४ वर्षीय समन भुजेल रहेका छन् । गाडीसँगको ठक्करबाट गम्भीर घाइते भएका उनको मध्यपुरथिमि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार राति ९:५० बजे मध्यपुरथिमि नगरपालिका–४ मा भुजेलको मोटरसाइकलले पार्किङ गरी राखिएको कारलाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा पछाडी सवार २० वर्षीया सोफिया ठकुरी घाइते भएकी छन् । उनको भक्तपुर अन्तर्राष्ट्रिय अस्पताल थिमीमा उपचार भइरहेको छ ।

भुजेलको शव पोष्टमार्टमका लागि भक्तपुर अस्पतालमा राखिएको छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?