Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

हाल नेपालमा पश्चिमी वायुको प्रभाव, आज र भोली वर्षाको उच्च सम्भावना

मेरो आर्थिक
मेरो आर्थिक
फागुन ९ गते २०८०
हाल नेपालमा पश्चिमी वायुको प्रभाव, आज र भोली वर्षाको उच्च सम्भावना

अहिले नेपालमा पश्चिमी वायुको प्रभाव छ । पश्चिमी वायु नेपालको पश्चिम भूभागबाट प्रवेश गरी पूर्वतिर सर्ने क्रममा छ । यसको प्रभावले अघिल्ला दिनहरुमा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही भूभागमा वर्षा भएको थियो । उच्च पहाडी भेगका केही ठाउँमा हल्का हिमपात पनि भएको थियो ।

आजको मौसममा भने बिहानैदेखि काठमाडौं उपत्यकासहित देशैभर बादल लागेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहान पोखरा र विराटनगरमा फाट्टफुट्ट वर्षा  भएको सूचना आएको महाशाखाका मौसमविद सन्जिव अधिकारीले जानकारी दिए । यद्यपि वर्षाको मात्राको आधिकारिक तथ्यांक भने केही घण्टापछि आउने उनले बताए ।

उनका अनुसार बुधबार काठमाडौं उपत्यकामा पनि फाट्टफुट्ट वर्षाको सम्भावना छ । तर आजभन्दा भोलि वर्षाको झन् धेरै सम्भावना रहेको उनले बताए । ‘आज तराई-पहाड सबैतिर देशभर नै बादल लागेको छ,’ मौसमविद अधिकारीले भने, ‘काठमाडौं उपत्यकाका एक-दुई ठाउँमा फाट्टफुट्ट वर्षाको सम्भावना पनि छ । तर आजभन्दा भोलि बिहीबार झन् धेरै वर्षाको चान्स देखिन्छ ।’

बिहीबार तराई मधेशका जिल्ला र कोशीसहितका अरु पहाडी भूभागहरुमा पनि वर्षाको सम्भावना रहेको मौसमविद अधिकारीले बताए । एक-दुई ठाउँमा मेघ गर्जन पनि हुनसक्ने उनले बताए ।

Add a new comment