Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

आज देशैभर मौसम बदली, काठमाण्डौँमा विहानै देखि हल्का वर्षा

मेरो आर्थिक
मेरो आर्थिक
फागुन २० गते २०८०
आज देशैभर मौसम बदली, काठमाण्डौँमा विहानै देखि हल्का वर्षा

आज देशैभर मौसम बदली भएको छ । कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा भएको छ ।

त्यस्तै आज काठमाडौंमा पनि छिटफुट वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंका केही ठाउँमा बिहानै सिमसिम पानी परेको छ ।

दिउँसो पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेशसहित कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र बाँकी भू-भागको थोरै स्थानहरूमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना छ ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागमा भने धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाको अनुमान छ । पश्चिम नेपालका हिमाली र उच्च पहाडी क्षेत्रमा भने शनिबारदेखि नै वर्षा र हिमपात भइरहेको छ ।

सोमबार पनि देशका केही ठाउँमा हल्का वर्षा र हिमपात हुनेछ भने मंगलबार हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Add a new comment