मोरङमा हत्या गरेको आरोपमा एक जना पक्राउ


मोरङको पथरी शनिश्चरेमा बालिकाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
हत्यामा संलग्न रहेको आशंकामा मोरङको ग्रामथान गाउँपालिका–४ का ३८ वर्षीय धीरेन चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रहरीका अनुसार बालिकाको हत्यापछि फरार रहेका उनी बेलबारीस्थित भौनेको जंगलबाट पक्राउ परेका थिए । खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ निवासी १५ वर्षीया ज्ञानमती थुलुङ राईको सोमबार राति विभत्स हत्या भएको थियो ।
उनी दुई वर्षदेखि पथरी शनिश्चरे नगरपालिका–७ लामा टोलीमा मामाका छोरा विनोद राईको घरमा बस्दै आएकी थिइन् । राति १०ः३० बजे घरको कम्पाउण्डमा शौचालय जाने क्रममा उनको हत्या भएको थियो ।
यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%