शुक्लाफाँटामा हात्तीको आतंक,क्षतिपूर्ति नपाएको स्थानीय को गुनासो : mero aarthik
जेठ १७ गते २०८२
ब्रेकिङ न्यूज

शुक्लाफाँटामा हात्तीको आतंक,क्षतिपूर्ति नपाएको स्थानीय को गुनासो

मेरो आर्थिक मेरो आर्थिक फागुन २४ गते २०८०

शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनीमा एक दर्जनभन्दा बढी हात्तीले धान र गहुँ खेतमा क्षति पुर्याएको छ । उनीहरुलाई पछ्याउन पटक–पटक पहल गरे पनि विगत तीन दिनदेखि स्थानीयले क्षति नियन्त्रणका लागि केही गर्न सकेका छैनन् ।

शुक्लाफाँटा–५ का वडा सदस्य जीतबहादुर साउदले भने, ‘पहिले आगो देखाउँदा, टिन पिट्दा, आवाज निकाल्दा हात्ती भाग्ने गर्दथ्यो । स्थानीयले प्रयास गरे पनि हात्ती भाग्न नसकेको उनले बताए ।

‘आफूलाई खुवाउन खेतमा छिरेर बाली खाएर अन्तत: राष्ट्रिय निकुञ्जमा पुगे,’ उनले भने, ‘हात्ती आएर बाली नोक्सान गर्ने बार्षिक चलन बनेको छ ।

हात्तीले वर्षैपिच्छे क्षति पुर्याए पनि क्षतिपूर्ति नपाएको स्थानीयको गुनासो छ भने हात्तीले घर भत्काउने डर छ ।

पछिल्लो तीन वर्षमा हात्तीको आक्रमणबाट नगरपालिकामा चार जनाको ज्यान गएको छ ।