सिरहामा पत्नीको हत्या गरेको आरोपमा पति प्रकाउ : Mero Aarthik
असार १६ गते २०८२
ब्रेकिङ न्यूज

सिरहामा पत्नीको हत्या गरेको आरोपमा पति प्रकाउ

मेरो आर्थिक मेरो आर्थिक फागुन २८ गते २०८०

सिरहाको सिरहा नगरपालिका–६ विष्णुपट्टी निवासी ४५ वर्षीया निर्मला साहको हत्या भएको छ ।

आइतबार दिउँसो घाँस लिन कमला नदीको बगरतिर गएको बेला उनको हत्या भएको हो । उनको हत्या आरोपमा श्रीमान रामउदगार साह पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष आचार्यले जानकारी दिए । श्रीमानले हँसियाले हिर्काएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ ।

यसअघि शुक्रबार राति सिरहाको गोलबजार नगरपालिका–६ की ३५ वर्षीया अनिताकुमारी साहको हत्या भएको थियो । सुतेकै कोठामा लोहोरो र घरेलु हतियार प्रहार गरी उनको हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

स्थानीय सिकिन्द्र साहको घर भाडामा लिएर होटल सञ्चालन गर्दै आइरहेकी अनिताको हत्या घटना सेलाउन नपाउँदै पुनः अर्को महिलाको हत्या भएको हो । अनिता हत्या आरोपमा प्रहरीले पति महेन्द्र कुमारसहित चारजनालाई पक्राउ गरेको छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?