Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

इस्लाम धर्मावलम्बीहरूको मुख्यपर्व रमजानको आज तेस्रो दिन

मेरो आर्थिक
मेरो आर्थिक
फागुन ३० गते २०८०
इस्लाम धर्मावलम्बीहरूको मुख्यपर्व रमजानको आज तेस्रो दिन

हरेक वर्ष मार्च ११ देखि अपरिल १० सम्म मनाइने इस्लाम धर्मावलम्बीहरूको मुख्यपर्व रमजानको आज तेस्रो दिन रहेको छ । सोमबारदेखि सुरु भएको यो पर्वमा मुस्लिम धर्मालम्बीहरू एक महिनासम्म दिनभरी निराहार व्रत बसी नमाज पढ्ने गर्छन् ।

हिजरी संवतको नवौं महिनामा सुरु भएर एक महिनासम्म चल्ने यो पर्वमा सूर्याेदयदेखि सूर्यास्तसम्म पानी पनि नपिई व्रत बस्ने गरिन्छ । सामान्यतया आफ्ना नियमित काम सकेर एक महिनासम्म दिउँसो मस्जिदमा गएर नमाज पढ्ने गरिन्छ ।

रमजानको महिना मुसलमानको सबैभन्दा ठूलो धार्मिक ग्रन्थ नमाज अवतरण भएको महिनाको रुपमा मान्ने गरिन्छ । यसै खुसीयालीमा मुस्लिम समुदायले एकमहिने कठोर व्रत अर्थात् रोजा बस्ने गर्छन् । यो महिनामा रोजा बस्दा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ ।

रोजा बस्ने भनेको बिहान ३ः४३ देखि बेलुका ६ः५० बजेसम्म निराहार बस्नु हो । यो शृङ्खला हरेक दिन भिन्दाभिन्दै समयमा सुरु हुने र अन्त्य हुने गर्छ । बिरामी, गर्भवती महिला र अशक्तलाई भने रोजा बस्न छुट छ । रोजा बस्ने समयभरी निश्चित नियम भने पूरा गर्नुपर्ने हुन्छ ।

रमजानको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्पूर्ण इस्लाम धर्मावलम्बीहरुलाई शुभकामना दिएका छन् । शुभकामना सन्देशमा प्रधानमन्त्री प्रचण्डले यो पर्वले मुुलुकको आन्तरिक राष्ट्रियता सुदृढ र विकासमा एकताबद्ध हुन थप प्रेरणा मिलोस् भनी कामना गरेका छन् ।

Add a new comment