शानदार कमाई गर्दै फिल्म ‘सितारे जमीन पर’ : Mero Aarthik
असार ३१ गते २०८२
ब्रेकिङ न्यूज

शानदार कमाई गर्दै फिल्म ‘सितारे जमीन पर’

मेरो आर्थिक मेरो आर्थिक असार ११ गते २०८२

काठमाडौँ । बलिउड फिल्म ‘सितारे जमीन पर’ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । 

‘सितारे जमीन पर’ ले रिलिजको पाँच दिनमा भारतीय बक्स अफिसमा ७५ करोड कमाई गरेको छ भने विश्वभर ११० करोड कमाई गरेको छ । 

बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले रिलिजको पहिलो दिन शुक्रबार १०.७० करोड, दोस्रो दिन शनिबार १९.९० करोड, तेस्रो दिन आइतबार २६.७० करोड, चौथो दिन सोमबार ८.५० करोड र पाँचौं दिन मंगलबार १०.१० करोड कमाई गरेको छ ।

‘सीतारे जमीन पर’ फिल्ममा आमिर खान एक प्रशिक्षकको भूमिकामा देखिएका छन्, जसले विशेष बालबालिकाहरूको बास्केटबल टोलीलाई तालिम दिन्छन् । यो फिल्मलाई आरएस प्रसन्नाले निर्देशन गरेका छन् । आमिरको यो फिल्म स्पेनी फिल्म ‘च्याम्पियन (२०१८)’ को रिमेक हो ।

फिल्ममा आमिर खान, जेनेलिया देशमुख, डली अहलुवालिया, सिमरन मंगेशकर, आयुष भन्साली, आशिष पेन्डसे, गोपी कृष्णन वर्मा, वेदान्त शर्मा, ऋषभ जैन, आरुष दत्त, ऋषि साहनी, नमन मिश्रा, बृजेन्द्र काला र निखत खानलगायतका कलाकारको अभिनय रहेको छ । 

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?